तान्डव नाच नाच्दैमा संविधान बन्दैन
कुर्ची टेबल भाच्दैमा संविधान बन्दैन ।
संविधान लेख्न लाई रिषी मन हुनु पर्छ
उखन टुक्का गास्दैमा संविधान बन्दैन
झुठो भाषन सुन्दै मख्ख हामी जनता
तालि ठोकी हास्दैमा संविधान बन्दैन
हिमाल पहाड तराई अखण्ड नेपालको
सिमा रेखा मास्दैमा संविधान बन्दैन
पार्टी भन्दा ठुलो यो रास्ट्र हो प्रम ज्यू
फोटो मात्र टास्दैमा संविधान बन्दैन ।
राजन “कल्पित”
कुवैत, 21 जनुवरी 2015
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )