कथा : निर्बस्त्र

~योगी बालक~Yogi Balak

थकाईका भाब सहित कुर्चिमा बस्दै टेबलमा रहेको खुकुरी चुरोट सल्काउदैँ छिन उनी म अबाक भएर उनको त्यो कि्रयाकलापलाई बुझ्ने प्रयास गर्दैछु यउटा नारी आत्मा यति सम्म हुनसक्छ भनेर म सोंच्छु केही बुझ्ने प्रयास गर्छु हुनत हाम्रो समाजले अनेकन कुरालाई मान्यता दिदैन केही त्यस्ता कुरा जसमा अनुले आफ्ना कयौं बेगलाई बगाएकी होली यो समाजको पर्दा पछाडी बाट ।

तर आज उनी भिन्नै मनस्थीतीमा भएको आभास गर्दैछु म किनयो धँुवामा आफ्नो ईच्छालाई समाहित गरेर तिमी आफै सड्छ्यौ भो नपिऊ त्यो चुरोट मेरो बाक्यमा बिजुलीको रफ्तार जस्तै छीटो उनी आफ्ना बाक्यले उत्तर दिन्छिन र भन्छीन वाह क्या भन्छौ तिमी पनि के यो मेरो ईच्छा हो म त एउट आनन्दको खोजीमा यो सर्को तानीरहेको छु आफ्ना कयौं बेगलाई मस्त भएर लुटाईरहेकी छु के सोंच्छौ तिमी । उनको त्यो भनाईपछि म फेरी सोध्छु आजसम्म के तिमी त्यो आनन्दलाई पायौ त । उनी एकछिन अक्क न बक्क हुन्छीन अनुहारमा केही गहिरा धमिला धसा्रहरु देखापर्छन् । र फेरी भाबले फुल्लीएर उत्तर दिन्छिन् । उनी भन्दै जान्छीन बिबेक एउटा त्यो आनन्द मैले पाईन जसको आभास ह्रदय सम्म पुगोस केबल आजसम्म पाएँ त आनन्द बाहिरी बोक्राको जस्तो फुटबलको बाहिरी कबर भनोै या केही आभासै नभएको एउटा क्षण । हो त्यही कुराको अफसोंच छ मलाई कि आज म आफ्नो लक्ष्यमा पुग्न सकिन बल्की लक्ष्यका निम्ती मैले आफैलाई कति लुटाँए कति सुताँए कतिलाई हसाँए र तृप्त गराँए ।

उनी मसँग यति नजिक भएर कुरा गर्छिन कि मपनि उनलाई राम्रो संग चिन्छु त्यती सायद उनको श्रीमानले उनलाई चिनेमको छैन । अर्थात बुझको छैन खै कसरी उनले यतिका बर्ष बिताईन त्यो समयलाई कसरी अंगालिन त्यो त मलाई थाहा छैन हुनत एउटा मान्छेको जिन्दगीमा कस्ता मोड कहाँ कसरी आउछन त्यो कसैलाई थाहा हुदैन हुनत बिगत कसले देखेको हुन्छ र यो संसारमा । अनु एउटी पढेकी सुसील र सारिरीक रुपमा राम्री नारी हो एक पटक देख्ने जो कोही पनि उनको त्यो अनुहार प्रति मोहित हुन्छन अनुहार मात्र होईन शारिरीक बनाबट नै त्यस्तो ।

अनौठो एउटा भेट थियो त्यो जसबाट उनको र मेरो परिचय भएको थियो जीन्दगीलाई सुखी र सन्तुष्ट रहन आनन्द खोज्ने मान्छे म त्यसैको शिलसिलाले मलाई आत्माज्ञानमा पुर्यायो र त्यही भेट भएको हो सायद । उनको र मेरो नबोली नबोली केवल नजरबाट एउटा त्यस्तो परिचय थियो त्यो । सायद त्यही थियो क्यारे असली आत्माको धुन जसले त्यस्तो आभास दिन्थ्यो कि एउटा गहिरो नात छ पूर्वजन्मको । मात्र एक नजरमा त्यो ध्यान गोष्ठीमा त्यसपछिका दिनमा मैले त्यो अनुहारलाई देखिन उनी ध्यानमा नै आईनन् तर म निरन्तर जाने गर्थें ध्यानमा साथीहरु मलाई जिस्क्याउने गर्दथे धर्मात्मा बन्छस भनेर तर उनीहरुको त्यो कुराले मलाई केही असर यर्दैनथ्यो तिनताका म कक्षा १२ मा अध्ययन गर्थें सायद उनी पनि मेरै सहपाठी थिईन क्यारे संगै नपढेपनि ध्यानमा एक नजर देखादेख भएपछि हाम्रो भेट भएकै थिएन धेरै बर्ष सम्म यो को अन्तरालमा मैले जीन्दगीका धेरै मोडहरु सामना गर्दै आफूसंगै सुसीला र २ छोरीको सुख दुःखमा साथ दिदै आएको छ र परिवारलाई जसो तसो एयटा पत्रकारको सानो पेसाले सुखी राख्ने कोसिस गर्दै आईरहेको छु । म पत्रकार भएकोले कहिले काही पत्र पत्रिकामा आफ्ना लेख र केही साहित्यका रचनाहरु छापिने गर्थें । अघिल्लो हप्ताको शनिबार पत्रिकामा मेरो आत्मा र शान्ती बिषयक लेख छापिएको त्यो लेख पढिसकेपछि साथीहरुले प्रसंसा गरे अरु नया मान्छेहरुबाट पनि प्रसंसा आयो आत्मा छ भन्ने बिषयमा यति राम्रो उदाहरण र तर्क भन्दै प्रसंसा गर्थे म सबैलाई मेलबाट मेलबाटै र मिल्नेलाई आफैले धन्यबाद दिन्थे अस्ती भर्खरपनि फिल्ड जाँदा एउटा भर्खरको युबाले मलाई प्रसंसा गर्यो त्यसलाई म आफ्ना अरु लेखहरुपनि पढ्न दिए उ ज्यादे खुसी भयो । आखिर यो संसारमा के राखेको छ र बाचुन्जेल आफैभित्र रहेको ईश्वरलाई चिनेर त्यसको आन्ान्द उठाउन सक्नुपर्दछ ।

भर्खर यूर्यले आफ्नो लालीमालाई धर्तिमा बिस्तारित गर्दै थियो । बाताबरण निकै सोभायमान थियो उत्तरपट्टी हरियो पहाड सूयको लालीमा संगै हाँस्दै थियो मनमा कता कता काउकुती लगाइराखेको थियो त्यो मौसमले आज धेरै दिनमा यस्तो राम्रो मुस्कान देख्न पाईएको छ यो प्रकृतिको म चिया खादै कोठामा बसेर ईमेल चेक गरिरेहेको थिए बिकासले समाचार पठाएको रहेछ म न्यूजलाई मिलाएर अपिसको मेलमा फर्वाड गर्छु र फेरी ईन्बक्स हेर्छु एउटा नया मेल आएको रहेछ म मेललाई खोल्छु मेललाई अट्याच गरेर पठाईएको थियो नेपाली फन्टमा २ पेज जती थियो त्यो मेल जसमा मेरो अस्ती सनिबारको रचनाको प्रशंसा र म संग भेट्ने कुरा जनाईएको थियो । म त्यसलाई पूरै पढ्छु एउटत अपरिचिन ब्यक्तिले यस्तेा लेख्ने जस्तै पहिले देखिको पूरानो परिचय छ आजसम्म कति कतिको प्रसंसा आयो तर भेट्ने कुरा आएको थिएन । नाम अनु कार्की ठेगाना भरतपुर नगरपालिका ३ मिलनचोक यस्तो लेखिएको थियो ईमेलको अन्त्यमा म तरंगितहुदै त्यो मेल पढें एउटा आनन्द पाउनका निम्ती मानिस कतिसम्म्ा आतिन्छ त्यो त आनन्द खोज्नेलाई मात्र थाहा हुन्छ । त्यही आनन्दका निम्ती धेरै बर्ष पहिले एक नजरमा मात्र मेरो मनलाई तरफ्ीत बनाएर हराएकी अनु रहीछ त्यो फेरी पनि त्यही आनन्दका निम्ती भौंतारिदै दुई चारदिनकको च्याटको कुराकानी पछि हाम्रो भेट भएको थियो र त्यसले आजसम्म निरन्तरता पाईरहेको छ ।

यी दिनहरुमा मैले अनुलाई राम्रोसंग चिनेको छु काठमान्डौका जन्मेकी एउटा धरानिया घरकी भारतको नोयडा भन्ने ठाउमा बसेर शिक्षा हासिल गरेकी उसका दुई छोरी र श्रीमान् जो संबिधान सभाका सभासद छन् तर उ आजभोली उ एक्लै बस्छे आज पनि म उसकै घरछु सदाभन्दा फरक भएर आएको औपचारिकताका साथ उसैको निमन्त्रणमा आएको म हुनत म यहाँ धेरै पटक आएको छु । यो २ बर्षको अन्तरालमा आज उसको छोरीको जन्मदिन छ घरमा केही नयाँ खालको बाताबरण छ मैले अनुसंग सोधे तिम्रो श्रीमान् पनि आउछन् हजुर आउनुहुन्छ उनको उत्तरपछि मैले भने त्यसोभए त रमाईलो हुने भो त धेरैदिनपछि आज दुई जोडी भेटिदै छन् यी दुईको न्यानो साथको एउटा आनन्द पाउने छे त्यस सानीले भन्दे म मुसुक्क हाँस्छु । उ फेरी भाबुक हुन्छे होईन हाज म एउटा अनौठो भाब देख्दैछु अनुमा म सोध्छु उ भन्छे सायद त्यही भएरहोला मैले असली आनन्द नपाएको श्रीमान् राजनितिज्ञ भएपछि त्यस्तै हुन्छ कहिले कहाँ त कहिले सेमिनार गोष्ठी आदी घर श्रीमती के सोंच्छे के चाहन्छे त्यो सब बुझ्न सक्छो बिबेक तिमी बिबाह भएको ३ बर्षसम्म श्रीमान् संगैनहुदा एउटा बिबाहपछि आफ्नो जिबन सुन्दर होला भन्ने सोचेकी नारी कति पिडीत हुन्छे त्यो मैले भोगेकी छु।बिबाह पछि बात्सल्य चाहन्छे त्यसको आनन्दमा रम्न चाहन्छे तर त्यो आनन्द आफ्नोलाई नबुझ्ने श्रीमान आउदा आउदा के रमाईलो हुने बिबेक उ भन्दै जान्छे पिडा र दर्दका कुरा म स्तब्ध भएर सुन्दै जान्छु । उसले आजमलाई एउटा तथ्य सुनाउदै छे त्यो सत्य जो उसले उचित ठानेर बाडी उ फेरी भन्छे त्यही बात्सल्य त्यही आनन्दका लागी म कति तडपिए तर मेरो ईच्छा बुझ्ने भनिएकोले नै नबुझेपछि मेरो निर्णय मेरो ईच्छाले त्यॊ आन्नन्द बात्सल्य पाउनका निम्ती समाउनका निम्ती त्यो तृप्तिको बेगलाई नचाखी त्यो बासनालाई न देखि मात्र बात्सल्यको आनन्द समाउनका निम्ती निर्बस्त्र हुदाकी मेरी मात्र मेरी सानी हो मेरी छोरी हो मेरी प्या्री हो बिबेक ।

(स्रोत : Nicekamal.blogspot.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.