~सुबास अस्मिता~
राणाशासन, पञ्चायत, माओवादी द्वन्द, र संबिधानसभा
ऋतु बदलिए नेपालीको पहिचान बदलिएन ।
घर घरमा बिजुलीको तार त पुग्यो
बिध्युत सम्बाह हुन सकेन
टुकी र मैन्बत्ती निभ्नै पाएन ।
मर्श्याङ्दीको किनारामा ढुङ्गा फोड्ने दाजु अरब पुगे
नेपालीको पसिनाले अरबको मरुभूमिमा सानो मर्श्याङ्दी बग्छ रे अहिले ।
नेपाली चेतनालाई डी भी पर्यो रे यो बर्ष पनि
नफर्काउने गरि पैचो लग्यो अमेरिकाले ।
मन्दिरहरू पनि भत्किन थाले, बनाउने कोही छैन
ईटा र प्लास्टरको घरमा मन्दिर बन्छ अहिले
मल्लकालको कलाकारित मर्यो रे अब ।
एउटा बाँदर स्वयम्भूको टुप्पोमा बसी सोच्छ
अनि स्वयम्भूको आँखाबाट उपत्यकलाई हेर्दै आसुँ झार्छ
कहिले स्वयम्भू कहिले पशुपति घुम्दै बस्ने बाँदर
सोच्छ, नेपालीले के पाए ईश्वरको भक्ति गरेर
नारायणको पाउ छोएनन् कि
शिवको उपासना गरेनन्
गणेशलाई लड्डु चडाएनन् कि
देवीलाई भोग
शायद आफुलाई माग्दा माग्दा देशको लागि माग्ननै बिर्सें होला नेपालीले
फेरि सोच्छ, के नेपालीको प्रार्थना भगवान सम्म पुगेको छ त
अब ब्रह्मा, बिष्णु, महेशलाई नपुकारी भएन
निर्क्योल गर्छ ।
बाँदर एउटा रुख मुनि बसेर घोर तपस्या गर्न थालेछ
तपस्यामै लिन अवस्थामा ब्रह्मलोकमा गएर ब्रह्मालाई पुकारेछ
ब्रह्माले एउटा कमलको फुल दिनुभएछ ।
बैकुण्ठ गएर बिष्णुलाई नेपालीको ब्यथा बिन्ती गरेछ
बिष्णुले एक करुवा बैकुण्ठको जल दिनुभएछ ।
कैलाशमा गएर शिवजीलाई तपस्याबाट उठाएछ
शिवजीले १०८ रुद्राक्षधारी माला दिनुभएछ ।
तपस्याबाट उठेर बाँदर एकछिन सोचेछ
कमलको फुल, बैकुण्ठको जल, कैलाशको रुद्राक्ष
कसलाई गएर अर्पण गरौ अब यो ।
ब्रह्माले दिनुभएको कमलको फुल हेरेछ
सय पत्र रहेछन
एक एक पत्र चुंडेछ
हर एक पत्र मा अलग अलग भाषामा नेपाल लेखेछ
संबिधानसभाको ढोका अगाडि उभिएर सभासदहरूलाई एक एक पत्र बाँडेछ
बाँकी रहेको फुलको डाठ नेपाल आमाको पाउमा बिसर्जन गरेछ
भनेछ, आमा कमलको पत्र त सभासदहरुलाई बाँडेर सकियो
हजुरको भागमा यही डाठ मात्र पर्यो ।
शिवजीले दिनु भएको १०८ रुद्राक्षको माला चुडाएछ
७५, १४, १०, र ८ गोटा रुद्राक्ष हालेर सानो सानो माला बनाएछ
संबिधानसभाको ढोका अगाडि बसेर रुद्राक्षको माला बेच्न थालेछ
कसैले १० को किने कसैले ८ को
७५ र १४ कसैले किनेन
बाँकी रहेको ७५, १४ रुद्राक्षको माला नेपाल आमालाई अर्पण गरेछ
एक दाना रुद्राक्ष आफ्नो भाग राखेछ
भनेछ, आमा रुद्राक्षको माला त १० र ८ को पो बिक्दो रहेछ अहिले ।
बैकुण्ठको जल लिएर सिंहदर्बार अगाडिको पृथ्वीनारायण शाहको सालिकमा गएछ
करुवाको जलले उन्को पाउ धोएछ र भनेछ
यहाँ अब नेपाली अखण्दताको चिन्ता गर्ने कोही पनि छैन हजुर
पहिले हजुरको सालिक भात्काउने प्रयत्न गरे
अब नेपाल भात्काउने प्रयत्न गर्दैछन् ।
फर्किएर उही स्वयम्भूको आँखालाई हेरेछ
भनेछ बुद्ध तिमिले त ज्ञान पायौ
नेपाल र नेपालीले किन पाएनन्
फर्किएर एकचोटि फेरि नेपाल आउ
यसपटक रुखको फेदमा बस्न होईन
नारायण भएर नेपाल बनाउन आउ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुस्‘ बाट संग्रहालयलाई पठाईएको । )