दुई हातमा पेडा र कुल्फी बोकेर
ङिच्च हाँसिरहेछ – असिनपसिन भेरहवा !
बेफुर्सदी म उसको अनुहारै नहेरी मनमनै गुन्छु
– कति धैर्यवान छ हँ यो शहर!
हुत्तिंदै चिप्लिंदै म ठोकिन्छु क्षतविक्षत मर्चबारको बाङ्गिएको करङ्नेर
एकखालको अनौठो तरङ्ग तरङ्गिन्छ शरीरभरि
पीडाका नीला दह जमेका छन यत्रतत्र
फेरि अर्को पलमा –
मभन्दा पहिले तौलिहवा पुगिसकेको हुन्छ – मेरो मन
– आमै कति बिघ्न फाट्न सकेको यो शहरको मन!
कहाँनेर दुख्छ भनेर सोध्यो भने तौलिहवा मात्र हैन-
सिंगो कपिलवस्तु नै शायद अलमल्ल पर्छ !
टिलपिल टिलपिल आँखाको ज्योतिले फेरि डोर्याउँछ पेडा र कुल्फीको शहर!
ओहोरदोहोर गर्दा लुम्बिनीको स्थानीय पर्सा चोकमा उभिरहेका रैथाने बुद्धले शायद भनिरहेका थिए
– कति न बेफुर्सदी जस्तो, दोस्रो विश्वयूद्धमा भागेजस्तै भागिरहेछन् यी साना साना थुम्काहरू!
September 12, 2011
(स्रोत: Khadgasen Oli sir’s Facebook)