कथा : च्यातीएको मेरो पर्स

~योगी बालक~Yogi Balak

सायद पाँच बर्ष भन्दा धेरैनै भयो मेरो यो च्यातिएको पर्स किनेको । कति रमाईलो क्षण हुन्थ्यो त्यतिखेर जब कुनै नयाँ कुरामा आफ्नो स्वामित्व आँउथ्यो । हुनत को खुसी हुँदैन होला र । कुनै बाहिर चीज आफ्नो हुदा । त्यस दिन पनि यस्तै यस्तै उत्सुकताले भरिदै म कृष्णनगरको एउटा फेन्सी पसलमा पुगेर पसले दाईलाई अनुरोध गर्दैे भनेको थिए दाई पर्स देखाउनुस त । पर्स निकै सानो चीज तर काम ठूलो यसको आफ्नै महत्ब र बिषेशता हुन्छ । संसारका बिरलै मान्छे होलान जसले पर्स बोक्दैन होला । आकार फरक पर्न सक्छ सानो ठूलो तर मान्छे पर्स कुनै पनि हिसाबले बोकेकै हुन्छ ।

कक्षा ६ ७ मा पढ्दाको मिठो याद अहिले यो पर्सको कुरा संगै बिस्मृतिबाट ताजा हुदै झर्लक्क याद आँउछ । बजारमा पाइने त्यतिखेरको १५ रुपैया बाला कपडाको पर्स जसमा भित्रपट्टी एउटा फोटो राख्ने ठाँउ भारतीय हिरोइनहरुको फोटो राख्ने होडबाजी साथीहरुमाझ राम्रै संग चल्थ्यो कस्को पर्समा राम्रो हिरोइनको फोटो बा हिरो चाहे त्यो अजय देबगन बा मनिषा कोइराला आदि आदिको किन नहोस ।

पोष्टकार्डलाइ काटेर पर्समा राख्ने काम कस्तो अचम्म । पर्समा राखेको हिरोइनको फोटोलाई एकटक लागाएर हेर्ने पनि गरियो । तर त्यो क्षण निकै रमाइलो र रोमाञ्चित हुन्थ्यो पर्समा पैसा भन्दा कपिका पन्ना राखेर पर्स भर्न पनि पछि परिएन । पर्स नुहुदाका दिनमा त ठूलो मोटो खाला कागज बा कपिको खप्पा च्यातेर कागजकै पर्स पनि गोजामा राखेर हिडियो । तर त्यो कागजको पर्स धेरै दिन नटिक्ने ४ ५ दिनमै त्यसको रामलीला खत्तम हुन्थ्यो । पर्समा पैसा भन्दा कपिका पन्ना च्यातेर भर्ने काम पनि कम भएको होइन । कता कताबाट बाबाले जोहो गरेर किनीदिएको कपिलाई धरैजसो पर्स भर्नमै लगाइन्थ्यो पर्स भरेर नदेखाए साथीहरु माझ तल परिन्छ कि भन्ने डरलेले पिरोलेकै हुन्थ्यो । त्यसताका का नेपाली फिल्मका साना पोष्टरहरु पनि त्यही पर्समै राख्ने काम हुन्थ्यो र त पर्स संगै छाती पनि एककिसीमले फुलिन्थ्यो मन फुरुङग हुन्थ्यो अचम्म संग ।

पैसा भन्ने चीज बिरलै हुने गर्दथ्यो पर्समा तर हुदाँका दिनमा मन असाध्यै रमाउथ्यो अझ आफुभन्दा हुनेखाने घरबाट पढ्न आएका र पैसा हुनेहरुमाझ पैसा हुदाका दिन निकै आत्मबिश्वास जागेर आउँथ्यो म पनि के कम यीनीहरु भन्दा म संग पर्स छ संधै नभएपनि आज त केही पैसा छ किन पछि परम । स्कूलको पर पट्टी ठूलो कुसुमको बुटा छ । त्यो बुटा मुनी कहिले चटपटे बाला त कहिले बरफ वाला भैया अबश्य हुन्थ्यो त्यसैले पैसा भएको दिन म छाती फुलाएर ओए रामे आइज आज बरफ खान जाम हुन्न मेरो यत्ती कुरा सुनीसकेपछि उसले झिँजीदै भन्छ ह्या पैसा सैसा छैन मसंग मुला खाली खान्छ मत्रै कहिल्लै खुवाउने होइन । उसको यस्तो कुरा सुनेपछि मेरो पारो तात्छ । साले हेप्छस आइज कति बरफ खानेहो हिड त्यसै हिरो नबन के बुझिस भन्दै बरफवाला भैया लाई ल नरिबल बाला बरफ देउत मैले सान सित भन्छु । भैयाले बरफ दिइसकेपछि मैले सानसंग पछाडी पट्टी गोजामा राखेको मेरो च्यातिएको कपडाको पर्सबाट आमालाइ छलेर ल्याएको सिरानी मुनी राखेको पाच रुपैयाको नोटलाई झिकेर छाती फुलाउदै दिन्छु र रामेलाई भन्छु ल हिँड जाम फोटा खेल्न ।

स्कुल पछाडी चन्द्रे र सुन्दर फोटो खेल्न मस्त थिए अरु २ ३ जना केटाहरुसंग म पनि पर्सबाट त्यस्तै पचासवटा जति नेपाली फिल्का फोटो झिकेर खेल्न सुरु गरें सुन्दरले सुरु गर्यो खेल अल्लारेको फोटोबाट ४ ५ वटा फोटो खापिदा नखापिदै चन्द्रेले २ जनालाइ खाइसकेको थियो बचेका थियौ सुन्दर चन्द्रे र म सुन्दरले चन्द्रे उसको पार्टनर भएर म हाफे है भन्दै उठ्यो अब खेल जम्यो चन्द्रेको र मेरो अहिले सम्म ३० ३५ बटा फोटोमा पुगिसकेको खेल अझै सम्म एउटै अक्षर सुरुमा मिल्ने परेको थिएन जसले अक्षर मिलायो उसले खाने प्रचलन थियो आजभोली केटाकेटीले रेस्लीङको फोटो खेलेको देख्दा झर्लक्क सम्झन्छु । भन्दा नभन्दै मैले हाथमा २ बटा फोटो रहँदा नेपाली फिल्म हाम्रो सानो घर होलाको फोटो फ्याँके मन ढुकढुक भएको थियो कति दिन लगाएर जम्मा गरेको फोटो थियो त्यो कति तिकडम लगाएको थिए त्यो पचास बटा फोटो जस्म गर्न त्यही पनि जित्ने आशाले फोटो फ्याँकेकै थिए बरीपरी हेरेर हुटिङ गर्नेको पनि राम्रै भिड थियो फोटो देखाउने काम ढिलो भएको थियो मन डराएको पनि थियो यत्तीकैमा चन्दे्रले राजेश हमालको फिल्म हत्तेरीको फोटो निकाल्यो केटाहरु खुसिले रमाउन थाले ला खा पाइस एउटाले भन्यो यत्तीकैमा रामेले हिँड जाम पढ्न भन्यो म केही बोल्नै सकेको थिएन चुपचाप थिए कान टुन्न भएको थियो म रामेको पछि पछि लुरुलुरु कक्षाकोठा तिर लागें ३ दिन देखि पर्स फुलाउन फोटो थियो मनमन सोंचे अब फेरी खप्पा च्यात्नपर्नेभो पर्स भर्नको लागी भरीएको मेरो च्यातीएको पर्स आज सुकेको थियो ।

बिहानको १० ३० कपिलबस्तुको कृष्णनगरमा म अहिले भारत जानको लागी पुगेको छु । सिमाना पार गर्नुभन्दा पहिले नेपालमै एउटा राम्रो पर्स किनौकि भनेर पसेको छु । फेन्सी पसल बाला दाइले फटाफट पर्स देखाउदै थिए मैले हेर्दै थिए यसको कति उसको कति । अलि मिलाउन हो दाई एस्तै भनिरहेको छु । बिभिन्न भेराइटीका पर्स छन यत्तीकैमा हेर्नुस भाई सबैभन्दा राम्रो पर्स यही छ लैजानुस मिलाएर दिउँला भन्दै लेदरको सानो पर्स देखाए । कति मिठो तरीका छ त्यो दाइको राम्रै अनुभबले झाँगिएका छन ती दाई ब्यापारको दुनीयामा । मैलै यस्तै अनुभब गर्छु । अन्तत म त्यही सानो लेदरको पर्स किन्ने मनसायमा पुगे र एक सयको आईसी अर्थात १६० रुपैयाको नोट थमाउदै लौ लिनुस दिदै मैले भने यो भन्दा बढी दिन सक्दीन दिने भए दिनुस नत्र म हिडे । उसले नम्र भएर हिड्न लागेको मलाई रोक्ने आसयका साथ भन्यो होइन न लैजानुस त मैले भनेकै छैन नी हामी तपाइहरुकै लागी त बसेका हौं नी लैजानुस तपाई आइरहने मान्छे उसले भन्यो । हुनत त्यो भन्दा पहिले पनि म त्यो पसलबाट १ २ पटक सामान किनी सकेको थिए त्यसैले होला उ तयार भएको थियो मेरो १०० को भारतीय नोटमा ।

आज भोली पर्सलाइ कति पर्छ मलाइ थाहा छैन तर अब पर्स किन्ने अबस्थामा म पुगिसकेकोे थिए फेरी च्यातीइसकेको थियो । हुनत त्यो १०० रुपैया भारतीय नोट तिरेर किनेको पर्स पछि मलाई पर्सको लागि पसल धाउन परेको छैन र आज च्यातीदासम्म पनि अझै मैसामु छ त्यो पर्स च्यातीएको पर्स ।
दुइ दिन भएको रहेछ अफिसजाँदा मैले पर्स पाइन्टमा लिएर नगएको । संगै काम गर्ने भाइले आग्रह गर्यो दाइ नास्ताको पैसा दिनु पर्यो पैसा छ तपाइ संग । मैलै पाइन्टको पछाडी हाथ लम्काए पर्स छैन म आत्तीए पर्स हरायो भन्ने भान भयो मलाई । भाइलाई आग्रह गर्दै भने त्यँहा बाहिर बसेको ठाँउमा खसेको छ कि हेर त । छैन दाई त्यँहा त हेरेर आइसकेपछि उसको उत्तर थियो । नास्ताको पैसा भोली मिलाउला है त भन्दै होटलवाला दाइलाई त्यँहाबाट नौ दुइ एघार गराँए ।

उ जानासाथ मनमा एउटा चिन्ता मनमा सुरुभो पर्समा त्यती पैसा थिएन तर खै किन हो कता कता राम्रै संग डर उत्पन्न भयो । पर्स संग माया गाँसीएको हो वा पर्समा भएका महत्बपूर्ण कागजातले हो डरले राम्रै कब्जा जमाएको छ । हामिले त्यती ध्यान नदिएपनि पर्स निकै महत्ब र हामिलाई नमइ नहुने चिज रहेछ भन्ने कुरा राम्रै संग महसुस भयो मलाइ त्यो क्षणमा । खै कता गयो मेरो पर्स कसैले चोर्यो कि वा कतै खस्यो कि अचम्भीत भए खसाले जस्तो पनि लाग्दैन कसैले चोरे जस्तो पनि लाग्दैन । मेरो मस्तिष्कले ठम्याउनै सकेन मेरो पर्स कहाँ गयो । साँझ तनाबका साथ घर पुगे त्यो पर्स भन्दा पनि त्यसमा भएका महत्वपूर्ण चीजको सम्झनाले मलाई निकै सताइ राखेको थियो । साँझ तनाबका साथ घर पुगे । भान्सामा काम गर्दैगर्नुभएकी आमालाई झिनो आशा सहित सोधें आमा मेरो पर्स देख्नुभएन आमाले भन्नुभो बाहिर खसेको रहेछ लगेर सिरानी मुनी राखिदिएकी छु । म खुसीले गदगद भए भर्खुर सम्म निरास म हाँस्दै आमाको नजिक गएर गालामा म्बाँई खाई हतार हतार कोठातिर लागे च्यातिएको मेरो पर्स हेर्न ।

(स्रोत : Nicekamal.blogspot.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.