चियाघरमा चिनाजानी भयो भन्छौ तिमी आफै
चियाबारे कुराकानी भयो भन्छौ तिमी आफै
नयाँ यौटा चिनाजानी भयो भन्छौ तिमी आफै
तिमी भन्छौ चिया प्युँदै चिया यस्तो चिया उस्तो!
चिया प्युने झनै बानी भयो भन्छौ तिमी आफै
गलैंचामा, बगैंचामा, उजेलीमा, अँधेरीमा
सखा मेरो चियापानी भयो भन्छौ तिमी आफै
चिया प्युने तिमी आफै तिमी आफै चिया बेच्ने
चिया प्युँदा मनोमानी भयो भन्छौ तिमी आफै
चिया बेच्दा मनोमानी भयो भन्छौ तिमी आफै
January 23, 2009
(स्रोत: Khadgasen Oli sir’s Facebook)