म तिम्रा अघी पर्न लायक् कहाँ छू,
यसैले अघी सर्न लायक् कहाँ छू ।।१।।
हुकुम हुन्छ तिम्रो त हाजिर छदैछू,
बिना मर्जी आँट गर्न लायक् कहाँ छू ।।२।।
अरुका उपर अंखिभौं तानी हाने,
म जावो हरे ! मर्न लायक् कहाँ छू ।।३।।
जहाँसम्म मन् चल्छ लौ हुन्छ घुर्कुन् ,
तिनै झैं नजर् तर्न लायक कहाँ छू ।।४।।
सहडमै छ मन् हर्न सक्नू हरिले,
सुनिस् मोती त्यो गर्न लायक् कहाँ छू ।।५।।
सभार : मोतिराम भट्टका गजलहरु
(स्रोत : शारदा – वर्ष ८, संवत् १९९९, वैशाख – सङ्ख्या १ – गजल विशेषाङ्क )