~बहादुर सिंह बराल~
नगरे अभिमान कैले, माटोमा मिसिनु छ ।
एकदिन सबैले कालको, चक्रमा पीसीनु छ ।।
आफ्नो भनी भन्दा छौ, जती छ यो झिटी-मिटी
सँगमा यो केही जने छैन, हेरेर खिसिनु छ ।। हात पाखुरा सबै जिउ, हाड अरु रौं पनि
फागु जस्ताइ डढेर हरे ! खरानीमा मिसिनु छ ।।
सँगी साथी दिदी बैनी, बाबु आमा दाजु भाइ
अन्त्य बेला गर्छन् हेला, हेरेर रिसिनु छ ।।
दुबै दिनको ठाँट बाट, खान्की अरु मान पनि
अड्किएर हिंड्ने ढाँचा, बरालअको घिसिनु छ ।।
(सभार : बरालको आँसु)
(स्रोत : शारदा – वर्ष १, अङ्क १२, वि सं २०६४ पुष – गजल विशेषाङ्क )