कथा : प्रतिक्षारत समय

~रुपेश ‘अनमोल’~

सुरज र श्रेया वचपनमा घनिष्ट मित्र थिए|सुतुतु,गोटी,एकखुट्टे खेल्ने साथीहरु मध्ये सुरजको साथी श्रेया एक थिइन्|स्कुल आउँदा जादाँको अनि घासँ दाउरा गर्दाको पनि साथी हुन् श्रेया…|अरु साथीहरु भन्दा भिन्न थियो उनीहरु दुईको मित्रता..,वालापन देखि नै एकापसमा सर-सहयोग गर्न लेन-देन गर्न देखि आवत-जावत गर्नमा कसैको हस्तक्षेप थिएन|कुनै जानकार घटनालाई तत्काल एकापसमा शेयर गर्थे|ता की साना-तिना पारिवारिक कुरालाई पनि…|तर…श्रेयाको पारिवारिक आर्थिक अवश्था सुरजको भन्दा केहि सम्पन्न थियो|वा-आमाले बजारबाट अनेक किसिमका खेलौना अनि मिठा-मिठा खानेकुरा ल्याई दिन्थे|र खुशि हुदैँ सुरजलाई बोलाई बाडी खान कञ्जुस्याई गर्दिनथिन् श्रेया…|

घासँ दाउरा गर्दा पनि सगैँ जान्थे|खेल्दा,घासँ दाउरा गर्दा एकापशमा जीस्कीने गर्थे|यसरी नै एक दिन सुरज श्रेयासगँ जीस्कीने क्रममा काउकुती लाउदैँ हातहरु श्रेयाको शरिर भरी फिजाई रहेथ्यो|अनि श्रेया पनि सुरजका हातहरुलाई प्रतिकात्मक गर्दै मुस्काई रहेकी थिईन्|दुवै वाल्यावश्थाबाट यौवनावाश्थामा प्रवेश गर्दै थिए|शायद,त्यसैले होला सुरजका हातहरु आफ्नो कोमल शरिरको कुनै अंगहरुमा पर्दा नौलो अनुभुत गर्दै थिईन् श्रेया..| अनि सुरज पनि एकोहोरो श्रेया माथि आक्रामक हुदै थियो|निरन्तर सुरज श्रेया माथि जिस्कीदैँ झम्टी रहेको थियो|तर अकस्मात,झम्टीने क्रममा सुरजको बललाई थेग्न नसकेर श्रेया भुईमा बजारिन् र सुरज पनि…| निकै वेगले भुईमा दुई जनै हुतिन्दा श्रेया मुनि र सुरज श्रेयाको कोमल पाउँ माथि पर्न पुगे|वरिपरि सुनसान घनाजंगल थियो|चराचुरुङ्गीको चिरचिर आवाज मात्र सुनिन्थ्यो|यस्तो शुन्य परिवेशमा अनि चरम यौवनावाश्थाका दुई केटा केटि बिच वाह्य शारिरीक स्पर्ष हुदाँको सन्तुष्टीले शायद,थोरै चोटहरुले कुनै प्रवाह गरेनन्|भर्खर यौवनावाश्थामा प्रवेश गरेका श्रेया र सुरजलाई यहि शुन्य,शान्त र एकान्त वातावरणमा अकस्मात सृजित भएको अवश्थाले नौलो साईनो स्थापित गराउन प्रेरित गरायो|यसरी दुईको शारिरीक स्पर्षले दुवैलाई यौन उत्कर्षमा पुर्यायो|र त्यही क्षणबाट उनीहरुको मित्रता आत्मीयतामा परिणत भयो|त्यस पछि निरन्तर त्यो आनन्दको फाईदा उठाई रहे|

समय आफ्नै गतिमा बहिरहेथ्यो|उनीहरुको सम्बन्ध प्रगाढ बन्दै गयो|तर दुनियाँ अनभिग्य नै थिए|समयको चक्र सगैँ दुईको भौतिक शरिर हृष्टपुष्ट हुदैँ गयो|अनि गोप्य सम्बन्ध/आत्मीयता पनि निरन्तर कायम राखे|अब त ईशारा नै काफि थियो| ता कि एकले अर्कालाई आवश्यकता महशुष गर्ने बितीक्कै ईशाराले पुर्ति दिलाउथ्यो|त्यो ईशाराले नै कुनै सुनसान ठाउँमा भेटाउथ्यो|जहाँ शुन्दर भविष्य बारे अनि आफुहरुको गोप्य सम्बन्धलाई कोहि कसैले सुईको पाउन सक्ने सम्भावना प्रति एकापशमा सचेतता अपनाउथे|

कमजोर आर्थिक अवश्थाको कारणले सुरजको पारिवारिक व्यावहार धान्न मुश्किल हुन थाल्यो|रात दिन मेला पातमा बा-आमा संघर्ष गरी रहेथेँ|बिहान बेलुका आफ्नै गाई बस्तु हेरचाह गर्थे,अनि दिनमा शाहुकोमा अन्नबोनी गर्न जान्थे|दिन भरी काटाकोदालो गरे वापतको ज्याला धान,कोदो,मकै जे भने नि चार माना देखि पाथि सम्म मिल्थ्यो|त्यहि दिन भरीको कमाईले नै बिहान बेलुकाको छाक टार्ने गर्थे|अनि घर पालुवा कुखुरा,बाख्रा आदी बिक्री गरेको नगदले बालबच्चाको लाउने देखि कापी कलममा लाग्ने खर्चमा सदुपयोग गर्थे|तर उनीहरुको परिवार धान्ने त्यो पद्धतीले गुजारा नचल्ने अवश्थामा पुग्यो|बच्चाहरुको पढ्ने खर्चमा परिवर्तन हुनु नै त्यो अवश्था सृजित गराउने एउटै कारण थियो|सुरज सोह्र,सत्र पार गरेर अठार बसन्तको आगमनमा थियो|त्यसैले छोरालाई बिदेश पठाएर आर्थिक समस्याबाट मुक्त हुने सपना बुन्न थाले र त्यहि प्रकियामा लागे बा-आमा…..|

बा-आमाको निर्णयलाई स्वीकार्न वाध्य भयो सुरज..|तर जो वाल्यकाल देखि सगैँ खेले हुर्केकी,मनमुटुमा गासीँएकी तिनै ढुकढुकी श्रेयालाई कुनै जानकारी गराएको थिएन|बिदेश जाने सबै प्रकिया पुरा भई सकेको थियो|त्यसैले श्रेयालाई सधैँ भेट्ने सुनसान जंगलको एउटा ठुलो गुफाँमा भेट्ने सांकेतिक ईशारा दियो र दुवै त्यहाँ गए|तर सुरज निराश मुद्राँमा थियो|त्यसैले विल्कुल फरक सुरजको त्यो अवश्थालाई देखेर आश्चर्यचकित भइन्|मनमा शंकाका कौतुहलता जाग्न थाल्यो|एकै छिन पछि नम्र स्वरमा जीग्यासा जाहेर गरिन्|त्यही जिग्यासाको प्रत्युत्तरसगैँ सबै कुरा बतायो|तत्प्रश्चात श्रेयाले आशुँका थोपाहरु तप…तप… झारिन्|सुरज बिश्वाशका तथ्यहरु पेश गर्दै सम्हालिन आग्रह गर्दै थियो|सुरजको त्यो आग्रहले सम्हालिने प्रयत्न गर्दै थिईन् श्रेया…|र केहि समय छुट्टिनु पर्दाको पीडालाई संगाल्दै छिट्टै फर्कि आउने अनि सगैँ मर्ने सगैँ बाच्ने वाचा गर्दै त्यहाँबाट दुवै छुट्टीए|

आज पाचँ बर्ष भयो यसरी दुई प्रेमी वाचा गरेर छुट्टिएका| सुरज,घर देखि हिडेको एक वर्ष सम्पर्कमा थियो|त्यस यता सम्पर्क विहीन छ|दु:ख माथि दु:खका पीडा थोपरिदैँ गयो|वेखबर प्रवाशी छोराको पीरले बा-आमा कमजोर हुदै गए|पारिवारिक अवश्था दिनानु दिन नाजुक हुदै गयो|यस्तै दु:खका संघारमा चुनौतीलाई सामना गर्दै गुजारा चलाउन वाध्य भए|अनि श्रेया नितान्त एक्लोपनको अनुभुति गर्दै थिईन्|सुरज आउने प्रतिक्षाका तुनाहरु च्यातिदैँ गए|मन भित्र पलाई रहेका आशाका मुनाहरु समयको गतिसगैँ एक-एक मर्दै गए|तर विगतका एक-एक क्षणहरु नयनमा तरंगी रहे|त्यही तरंगीत क्षणहरुले जलेको मनलाई शान्ती दिलाउछे|सुरजका ति वाचा कसमका वाकहरु अनि विश्वासका वातहरुले मरेका आशाहरुलाई जगाउछे|र सुरजको यादमा भावविव्हल हुदैँ सुरज जरुर फर्कि आउछ भनि पर्खाइमै तपश्यारत छिन्|यसरी प्रतिक्षामै वहि रहेछ,गतिशिल समय..|छस…छस…छस…सेकेण्ड,मिनेट,घण्टा,दिन हुदैँ महिनौँ,अनि वर्षौँ….||

|||समाप्त|||

(स्रोत : Ramkrishnakapana.blospot.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.