अब के बाँकी छ र सबै दिइसकेँ
पिउदा पिउदै रहरहरु सबै पिइसकेँ
सबैको माया किन एउटै हुन्न
मेरो जस्तै तिम्रो किन मुटु छुन्न
मुस्कान नै तिम्रो हो यो जिन्दगी बाल्ने
च्यातिगए तिम्ले मलाई कोही छैन टाल्ने
आनन्दै आनन्दमा किन आउछ पीर
कहिले प्रेम कहिले घाउ रोपिदा तीर
साथ मात्र तिम्रो हुदा मायाको सागर
उर्ली कतै बगीगए म सुकेको बगर
जनवरी ५, २०१५
इन्जिनियर राकेश कार्की
उपाध्यक्ष
अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com’मा पठाईएको । )