इर्ष्या जलन गर्नेहरु गर्दै गरोस है
बाटो बीचमा काँडाहरु छर्दै गरोस है /
केही नहोला,मेरोलागी जस्तो सोँचे पनी
जस्कै कानमा कुराहरु भर्दै गरोस है /
पापी मनले असत्यको रङ भरेर नै
मेरै पापको भरोशामा पर्दै गरोस है /
कुरा काटेरै जीवनको सार हुन्छ भने ?
छाडा बस्तु झैँ,कान्ला कान्ला चर्दै गरोस है /
बिना दोषको भागिदार बन्दै बाँच्दैछु म
आफ्नो पनि त खुशियाली हर्दै गरोस है /
(समर्पित उसैलाई …….)
रचना मे २० /२०१०
(स्रोत : नेपाली गजल गुगल ग्रुप )