गल्दागल्दै गलिसके भित्र भित्रै पाकेको छु,
हेर्दा हेर्दै दोबाटोमा आफैसंग थाकेको छु .
देखिने यी द्वेष सारा देखाउनै लागि मात्रै,
थोरै प्यार थोरै माया मुटुभित्र राखेको छु .
साक्षी राखी देउरालीलाई खाएका ति बाचाहरु,
पुरा गरुन यहि सम्झी देउतालाई भाकेको छु .
भयो अब पुग्यो मलाई कसम खाने झुटो चाला,
मुटु जेल्ने मिथ्या बोलि बर्षौ देखि चाखेको छु .
–घ्रितकौशिक
(स्रोत : रचनाकार स्वयंले संग्रहालयलाई ‘यहाँबाट नयाँ रचना पठाउनुस्’बाट पठाईएको । )