~शिलु यन घिमिरे~
अरुदिन भन्दा तिमी आज बढी चम्किला देखिएका छौ मेरो तारा ! अघिसम्म हेर्दा यसो बादलको छेकोमा परेको थियो तर म तिमी नै भनेर अगाडि बसेपछि तिमी अझ र झन बढी खुल्दै आयौ । गाढा निलोकालो पश्चिमी आकाशमा सधैं झैं र अझ बढी सुन्दर अनि प्यारा देखिएका छौ तिमी । आकाशको रंग,बादलको रुप,यहाँसम्म कि चन्द्रमा अनि अरु ताराहरु सबै तिम्रो अगाडि श्रीहिन् देखिएका छन् । किनकि सम्पूर्ण सुन्दरता त तिम्रो शालीनताभित्र आबद्ध भएकाृ छ , एकाकार भएको छ ।
हे मेरो मन ! मेरा जोडी आँखाहरु मात्र तिम्रा सुन्दरताका ऐनाहरु हैनन् , प्रकृति स्वयं नै तिम्रो ओजस्वको घमण्ड गर्दे । म तिम्रै प्रवृmति हुँ….हैन र ?
आज तरपनि म कहाँ–कहाँ,कता–कता एक्लो भएको छु , साह«ै एक्लो । दुःखी त तिम्रो प्राप्तिपछि म कहिलेपनि भईन । जिन्दगीमा जिउने प्रेरणाबाट विमुख पनि तिमीले गर्दा नै कहिलेपनि भईन । गुनासो पनि त त्यो प्राप्तिपछि अरु केहि छैन । तर पनि ‘मन्’ यो मन किन कहिले यति दुःखी हुन्छ ? किन जीवन कहिलकाँही साह«ो,गाह«ो अनि कठीन लाग्छ ? शब्दहरु साह«ै सिमीत छन् म संग । म त्यसैले म नै रहेर – अणु–अणुमा छरिएर,रेणु–रेणुमा टुव्रिmएर , रेशा–रेशामा च्यातिएर तिम्रो अगाडि छरपुष्टिएको छु । समेट या त फेरी हेरीराख मन लागुन्जेल ! जे गर…तिम्रो खुशी !
आजकाल त कस्तो जटिलता मेरो व्यक्तित्वमा आएको छ । त्यसको अनुभव तिमीले मलाई गराउँदा कहिल्यै मलाई त्यस्तो लाग्दैनथियो तर अहिले हेर त , म स्वयं नै आपूmलाई बुझ्न सक्तिन । अहिलेपनि त हेर न , म सुखी छु , या दुःखी छु , संतुष्ट छु या दुःखी छु , सन्तुष्ट छु या त फेरी गाह«ापन मनभित्र छन्–केहि बुझ्न सकिरहेकी छैन । आत्मामा एउटा ज्वारभाट उठ्यो बिहान एकछिन् र फेरी शायदै सेलायो । तर मन सुखी,सन्तुष्ट अनि खुशी पाँए । तिमीसंग छल गरेको हैन ‘मेरो मन,’ तिमीसंग झुठो नै म कहिले बोल्छु र ? तर हेर ! त्यत्रो ज्वारभाटाले किन मेरो डढाएन ? त्यत्रो आँधिले किन मलाई छताछुल्ल पारेंन । त्यत्रो बाढीले किन मलाई बगाएन ?
यो बुद्धत्व हैन । साधारण मानिसका साधारण गुण,अवगुण संगेटिएको यो सुक्ष्मता किन आज विराट,शान्त,अनि उद्धवेगरहित बन्यो,म आफैं चकित छु !
चाँहे–आँखा बरर्र बर्सिदेओस् । मनको भक्कानो एकपटक फुटिदेओस् । एकपटक यति तिखो आवाज कान फट्ने गरी चिच्याहट बनोस् अनि मेरा सम्पूर्ण ईन्द्रियहरु एक पलको लागि मृत बनुन् र म आफ्नो ‘वश’ नियन्त्रणबाहिर रहुँ ।
तर खै ? केहि भएन । आँशु टन्न टल्पल भरी थिए आँखाभित्र तर एकथोपा झरेन । निश्वास चिसो बनि बहेन र ईन्द्रियक सचेतै रहे । तर मैले अनुभव गरे एकपल्ट ‘अक्षेय’ को त्यहि हरफ – Beloved,the pain of loving you is almost more than I can bear !
जिन्दगी का यात्रा ६–७ वर्ष बितिसक्दा गाह«ो,साह«ो,जटिल,कठिन अत्यासलाग्दो र नमिठो पहिलो अनुभुति हो यो ! कुनै अर्को उस्तै पल तुलना गर्न कुनैसंग सकिदैनं फेरी र पनि म अडिग छु–अविचल,अविश्रान्त,शान्त ।
मेरो स्वार्थ यतिखेर सिमीत भएर , साँघुरिएर अस्तित्वविहिन झण्डै हुनलागेको छ । शायद यसले आफ्नोपन अर्कोमा विलिन गराउँदा सुखानुभव गरेको छ ।
मैले परिवार सोचेको छु यसबखत । मैले परिपक्व सुन्दरता अनुभव गरेको छु यसबखत । मैले अनुभवि आँखाको सन्तुष्टि र स्वप्निल कल्पनाको अभिवृद्धि अनुभव गरेको छु यसबखत । मैले अतित बाट एक खुड्कििलो वर्तमानमा सारी हिडेंको छु यसवखत र अतितको वैशाखी छेडी वर्तमान र भविष्यसंग हातेमालो गर्न लागेको अनुभव गरेको छु यसबखत !
शायद यसैले म आनन्दी छु । शायद यसैले म खुशी छु र सुखी छु ।
समयसंगै बिस्तारै घाउहरुमाथि खाटा बस्दै जान्छन् । हो,मैले अनुभव गरेको छु – अतित अंगाल्दा शुन्यता प्राप्त हुन्छ तर वर्तमानमा बाँच्दा तिनै अतितहरु गहन पथपर्दशक र दरीला आधारहरु बन्छन् । एउटामा मात्र बाँच्न खोज्नु जीवनको पूर्णता हैन…अनुभव गरेको छु । तर पनि कता–कता आफूलाई आफैं भित्र टुव्रिmएको,मेरो तारा,तिमी जस्तै विशाल आकाशमा नितान्त एक्लो भएको अनुभव भएको छ । म उडीरहेको चङ्गाको आधार त्यो लट्टाईबाट छुटेको अनि कैयौं पातहरु झैं म पनि एकपटक हांगाबाट छुट्टिएर झरेको झैं अत्यासलाग्दो एक्लोपना अनुभव भइरहेछ । मौन आँशुहरु म भित्रै नदी बनि बगिरहेका छन् । म फेरी एकपटक नराम्ररी हल्लिएको छु । झस्किएकी छु अनि डराएको छु । तर पनि त्यो रुपमा तिम्रो सधेैं भगवान नै साक्षात् देख्नेगरेको यथार्थ बिर्सिएको छैन । हे मेरो तारा ! आज तिम्रो म एक्लो भएको छु …नितान्त एक्लो !!!
Shilu N Ghimire ,
Omaha, Nebraska, USA
Issue : 2005
(स्रोत : Pardesh.com)