संस्मरण : हजार पीडाहरूको माया लागेर आउंछ

~मोमिला~Momila

हजार पीडाहरूको माया लागेर आउंछ
हजार सपनाहरूको माया लागेर आउंछ
बांच्ने रहरजस्तो फेरि भएर आउंछ
र्-र् इश्वरवल्लभ

उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ, मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । सपनालाई माया गर्नेले भविष्य देख्यो, पीडालाई माया गर्नेले विगत देख्यो । ऊ सपना भेट्न जिन्दगी हिंडयो र वर्तमानमा आइपुग्यो, म पीडालाई माया गर्दै जिन्दगी हिंडें र वर्तमानमै आइपुगें । यसरी सपनालाई माया गर्नेले पनि जिन्दगीलाई माया गर्यो, पीडालाई माया गर्नेले पनि जिन्दगीलाई नै माया गर्यो र नभएको वर्तमानको दोभानमा दुवैको भेट भयो ।

‘अर्थात् जम्मामा म शून्यमै छु≤ जसलाई प्रारम्भ भने पनि, अन्त्य भने पनि या दुवै नभने पनि हुन्छ । आखिर जिन्दगी एउटा यस्तो असाध्य वीणा बनिदियो, धुन आंफैसंग छ तर बजाउन सकिएन । हुन त घण्टलाई नठोकी घण्ट बज्दैन भन्छन्, फेरि सन्तुष्टि त एक अर्थमा मृत्यु त हो ⁄ यर्सथमै म मृत्युबाट बौरिएर ठोक्करहरूबीच जिन्दगी हिंडिरहेछु र कहिले जीवनको मध्यराततिर सपनाको पहाडबाट खसेर बिपनाको फेदीमा झस्कन्छु त कहिले सपनाका सारा रङ्गहरू इन्द्रेनीलाई र्समर्पण गरेपश्चात्को बिलकुल रङ्गहीन चित्रकारको चित्रकारिताजस्तो पहाडमाथिको घाम हिउंले छोपेर मात्र सादा ब्ल्याक एन्ड ≈वाइटको युगविकल्प पर्खिरहन्छु र गुनगुनाउंछु- मेरा हजार पीडाहरूको माया लागेर आउंछ ।

मैले बांचेको जिन्दगीको कुन निश्चित समयरेखा हो, यकिन भन्न त सक्दिनं≤ यद्यपि मीठो सम्झनाको अन्तिम विन्दुसम्म र्फकंदा बालसुलभ कोमल हातहरूले हार्मोनियमको सरगम खेलेको यादहरूसम्म म पुग्छु । नजाने सागरमा मात्र एक बुंद पानीको अस्तित्व पोखिएं हुंला, तर त्यो उत्सुक प्रहर मसंग केवल खुसीको उन्मुक्तता बयली खेल्दै थियो । ममा कुनै अर्किड पीडाको चेत थिएन । समकक्षी जिन्दगीहरूको माहोलमा खुसीको अतिरिक्त बोधले म झुमिरहन्थें । तिनै सरगम खेल्ने हातहरू अझ रङ्गहरू, नृत्यका विविध भावभङ्गिमाहरू, शब्दका रहस्यमय बान्कीहरूमा ब्यक्तिंदा मेरो खुसीको अतिरिक्त बोध अझ चुलिंदै गइरहेको आभास मिल्दथ्यो । यसरी नै समयको सतहमा अस्तित्वका रेखाहरू कोरिंदै जांदा धुनहरूमा, रङ्गहरूमा अनि शब्दका कोलाजहरूमा जिन्दगी लहरायो कि भन्थें, तर आज आफ्नो लागेका सारा खुसीका भ्रमहरू एकलासमा फुलेको जङ्गली फूलको कांडामा अल्झिएर टुट्दा प्रश्नपीडाको अतिरिक्त बोधले बोझिल छ मेरो चेतना≤ जो मान्छेकै पीडा र खुसीसम्मत संवेदनासंग मानौं अझ नभेटिएको अस्तित्वको प्रश्न गरिरहेछ । तिनै अस्तित्वका वक्ररेखाहरू पुनः प्रत्रि्रश्न बनेर मेरो बाटो छेकिरहेछन् र यतिखेर म यी र यस्तै मेरा हजार प्रश्नपीडाहरूको याद गरिरहेछु ।

उज्यालोविना रङ्गको अस्तित्व सम्झिंदा सबैको सपना रङ्गीन नै हुन्छ भन्ने पनि त छैन ⁄ जसरी भए पनि यथार्थतः मान्छे बाह्रवर्षो जमेको इनारजस्तो भएर निकासहीन बांच्न कहां सक्दो रहेछ र ⁄ ऊ त समयका ऋतुहरूमा जसरी नि अन्जान फुलिसक्दो रहेछ, थाहै नपाई यात्रामा बगिसक्दो रहेछ, तर यतिखेर मसंग यात्रामा दृश्य छुटेजस्तो मात्र बाकी छन् उही थकानको अंध्यारोमा आलो सम्झनाहरू, हिंडिएका जीवनका रेखाचित्रहरू≤ जसलाई म आफूभित्रै मनपर्दो रङ्ग सिर्जना गरेर जीवनको अन्तिम क्यानभासमा एकसाथ सजाउंदै उज्यालोविना नै एउटा भव्य चित्रकारिता सिर्जना गर्नेछु र भन्नेछु- मेरा हजार पीडाहरूसंगै अंध्यारोको माया लागेर आउंछ ।
आजभोलि मेरा सुकोमल भावनाहरूमाथि विचारहरूको निर्मम हमला हुने गर्छ । विचारको यस्तो असामञ्जस्य प्रदूषणबाट मुक्तिका लागि म आंखा बन्द गर्छु संसार सुन्दर लाग्छ, आंखा खोल्छु संसार विरूप लाग्छ । यसैले त विरूप संसारलाई सुन्दर देख्न म अंध्यारो रोज्छु र आंखा चिम्लन्छु । साथमा मेरा हजार पीडाहरूको याद गर्छुजुन पीडाहरूको प्रेमनिवेदनले बारबार म पुलकित हुन्छु≤ जतिखेर मलाई जीवनको औधी माया लागेर आउंछ ।

आज म स्वयम्का अस्तित्वप्रश्नहरूद्वारा लखेटिएर यो निर्वासित समयसम्म आइपुगेको छु । यतिखेर मलाई त्यतिखेरको मेरो कविताको भावकका पङ्क्तिहरूले छोइरहेछन्- “कुनै कविताहरू यस्ता पनि हुंदा रहेछन्≤ जसलाई उपहारस्वरूप दिन सकिन्छ फूलजस्तो, शिरीषजस्तो, गुलाबजस्तो’ ।” कति सहृदयी आंखाहरूले पढिए होलान् मेरा कविताका घायल मनहरू ⁄ जो सुन्दर उपहार बनेर समुıपार पुगेको थियो । आत्मीयताको यो हरियाली लाग्छ, लेखक र पाठक दुवैको पूरक अस्तित्वमा मात्र झांगिन सक्छ अर्थात् कविको अस्तित्व के कवितामा छैन ⁄ कविताको अस्तित्व पाठकमा छैन ⁄ पाठकको अस्तित्व भावनाको गहिराइ एवम् चेतनाको उचाइसम्मत छैन ⁄ फेरि भावचेत पनि त सम्बद्ध जीवन अर्थात् सिङ्गो युगसापेक्ष हुन्छ अनि युग समयसापेक्ष हैन र ⁄’ ⁄⁄ यहांनेर प्रश्नमा पूर्णाविराम लागेजस्तो समयको गति निरपेक्षझैं लाग्छ, तर समयको पनि कहां एक्लो अर्थ खुल्न सक्छ र ⁄ समयको वस्तुता त पानीजस्तै रङ्गहीन हुन्छ र विभिन्न जागतिक रङ्गमा घोलिएर रङ्गीन बन्दछ । यद्यपि यो सत्य पनि समयको केवल आफ्नो भन्न सकिन्न किनकि सम्भिmइएका सारा सत्यहरू अर्को सत्यलाई केन्ı बनाएर परिक्रमा गरिरहेका हुन्छन् र विभिन्न दूरीमा पुग्दा उज्यालोसंगको अन्तक्रिर्याका कारण विभिन्न रङ्गहरूमा परावर्तन भइरहेका हुन्छन्- हाम्रा सामु । यर्सथमै जागतिक सम्पूर्णता कहीं भेटिन्छ जस्तो लाग्दैन । पीडाबोधको यही विन्दुमा उभिंदा कांडामा गुलाबको अस्तित्व खुब खुलेजस्तो लागिरहेछ ।

यहां देखिन्छन्- फूलको सुन्दरता स्वयम् पत्थर बनेर प्रहार भइरहेछ फूलकै जवानीमा, मीठो लाग्ने मुस्कान स्वयम् बाण बनेर प्रहार हुन्छ मायाकै कहानीमा, मनहरू स्वयम् पनि मनसंग छल गरिरहेछन् मनकै हैरानीमा । यस्तो लाग्छ, मान्छेको बस्तीमा भगवान् त केवल मान्छेको युटोपियन सूत्र हो, पापीहरूको बस्तीमा धर्म त केवल पापीहरूको युटोपियन कवच हो, पीडाको बस्तीमा प्रेम त केवल नरम-नरम युटोपियन बहाना हो । यसैले जीवनको किनारमा म एउटा आत्मबोध कुरिरहेको छु । जब कमलको फूलबाट तरङ्गित मेरा चेतनाका लहरहरू टाढा-टाढा फैलिएको हेदाहेर्दै क्षिितजसम्म पुगेर बेटुङ्गोमा मोडिन्छ≤ लाग्छ, धरतीका सारा सीधा रेखाहरू केवल युटोपियन भ्रम हुनुपर्छ । यदि पृथ्वी गोलो छ भने स्पष्टतः धरतीका सारा सीधा रेखाहरू मोडिएर स्वयम् प्रश्नचि≈नको जुलुस बनिसकेको हुन्छ अर्थात् संसारमा विचारको कुनै निचोड रहेनछ । यसैले त माफ गर्नुहोसर््र् इश्वर दाइ ⁄ बांच्ने बहानाको सबैभन्दा सुन्दर भ्रम जिन्दगीका सारा सपनाहरू कतै थाती राखेर भनिरहेछु- मेरा हजार प्रश्नपीडाहरूको माया लागेर आउंछ ।

जसरी जीवनका बाटाहरू धर्म, अर्थ, काम, मोक्षका विविध बान्कीहरूमा प|mेमिङ हुन्छन्≤ जीवनसम्बद्ध अस्तित्वहरू पनि बदलिंदो रङ्गमा प|mेमिङ हुदै जान्छन् । मानौं, अस्तित्व स्वयम् एउटा यात्रा हो≤ ऊ देउराली फुल्न सक्छ, हिमचुली उक्लिन सक्छ, सागर गहिरिन सक्छ या धार मोडिन सक्छ अर्थात् अस्तित्व स्वयम् मान्यताको सुरुआत अनि मान्यताकै अथाह अन्त्य पनि हो । इतिहास साक्षी छ- तत्कालीन मान्यताको दह्रो किल्ला ठोकेर मान्छे भनाउंदाहरूबाटै जिससको हत्या गरियो र फेरि मान्यताकै कलेवर ओढाएर उनै जिससको पूजा गरिरहेछन् उही मान्छेहरू’ । लेनिनको सालिक स्थापना गरियो र ढालियो पनि’ । हरे ⁄ अस्तित्वका रङ्गहरू चिन्नै नसकिने गरी कस्तरी बदलिंदा रहेछन्, तर यो पनि सत्य हो कि मान्छेको कर्मशीलता जागतिक रङ्ग घोलिएको समयसंग अन्तक्रिर्या हुदै युगको आंगनीमा परावर्तन हुंदो रहेछ र त्यही चहकमा प्रतिविम्बित सभ्यताले आफ्नो अस्तित्वको दाबी गर्दै मान्छेको नायकत्व स्वीकार गर्दछ र मान्छे पीडाहरूमा पनि उत्सवमय बन्दछ ।

भन्ने नै हो भने अंध्यारोमा झटारो हान्दा भूलले झरेको फलजस्तो यो जिन्दगीमा सङ्गति नै कहां र≈यो र ⁄ सिङ्गो र्स्वर्ग नै दाउमा राखिए पनि यहां कुनै होड जित्ने मनफूल फुलेन, घण्टध्वनिको सस्तो भेटीले ढुङ्गे मुटु पग्लेन । भत्किसकेको आस्थाविन्दु क्षणिक आकर्षाहेतु कति दिन टिक्न सक्थ्यो र ⁄ सम्भवतः र्समर्पणको भोको आस्थाकेन्ı देवताको देशमा प्रेमको खडेरी परेको हुनुपर्छ । कठै ⁄ त्यो र्स्वर्गमा महान्ताका नाममा त्यागमय प्रेमको आदर्श लेपनभित्र तृष्णाका गुत्थीहरू कति सलबलाउंदा होलान् ⁄’ ⁄⁄ अप्सराको सदाबहार यौवन मातृत्वविहीन किचकन्नी बनेर कैयौं प्रहर रोएको होला ⁄’ ⁄⁄ लाग्छ, र्स्वर्गमा साह्रै दुःख हुनुपर्छ ।

मेरा कतिपय यादहरूले मलाई जीवनका धारावाहिक विसङ्गतिबीचको आस्तित्विक लडाइंमा गहिरो सान्त्वना दिने गर्छ । मेरा बुबाको मृत्यु भएको भय र चोटग्रस्त त्यो सांझ भयानक रातमा अनूदित भएर मलाई ऐठन गरेथ्यो र आज पनि म कैयौं पीडाहरूको ऐठन भोग्न विवश छु, तर पनि एउटा लामो दिन सीमान्त पीडादायी नै किन नहोस् या एउटा छोटो दिन सीमान्त सुखद नै किन नहोस् आखिर दिनको अन्त्य उही सांझमा हुन्छ≤ जो कैयौंको जिन्दगीमा शीतल-शीतल मृदु बनेर सिङ्गो रात छाइदिन पनि सक्छ । यसैले त बिदाइका हर पीडाहरूलाई दिन-रातजस्तै आदतमै जिउन थालेछु अर्थात् सारा पीडास्मृतिहरू सुमधुर बनेर आज जीवनका तारहरूमा व्याप्त रहेको आभास छ≤ जसलाई म सपनासरि भ्रम ठानेर भुल्न चाहन्नं । पीडाबोध वास्तवमा यस्तो जागृत चेतना हो≤ जसमा भ्रम टुट्नुपछिको कठोर यातना भोग्नुपर्नेछैन । लाग्छ, पीडाका यिनै अनन्त सुखानुभूतिहरूले यो विसङ्गत जीवनलाई अझ सुरुचिपूर्ण जिउने प्रेरणा दिएको छ ।

म मेरो जिन्दगीको उपयुक्त विशेषणको खोजीमा छु र जिन्दगी पीडाहरूको भव्यता बोकेर मेरै अगाडि आशर्वादपूर्ण्ा ऐर्श्वर्यशाली बन्ने प्रतिबद्धता जाहेर गरिरहेछ, तर म भने उज्यालोमै पर्खाल अग्ल्याएर अंध्यारोमा बसेको छु र यही अंध्यारोमा कैयौं उद्घाटित दुर्घटनाहरूसहित जिन्दगी बांचेको आभास छ मसित, जिन्दगी बांचेको उपलब्धि छ मसित किनकि मेरो संसारमा मलाई प्रेम गर्नेहरू छन्, घृणा गर्नेहरू छन्, आफन्तहरू छन्, पर्राईहरू छन्, औपचारिकताहरू छन्, शुभकामनाहरू छन्र्,र् इष्र्याहरू छन्, त्रुटिहरू छन्, क्षमाहरू छन् र छन् बर्षा बादल, घाम, पानी, दूबो, शीत, सूर्य, जूनताराको प्राकृतिक नृत्य । तर कोही सधैं मलाई भित्र एउटा आवाज दिन्छ, तिमी कहीं छैनौ≤ जसले मलाई अझ बढी म’ हुनुको विश्वास दिलाएको छ । यी र यस्तै पीडायुक्त सुन्दर छायाचित्रहरूमा जीवनको भागदौडसंगै म जहींतहीं छु, र्सवत्र फिंजिएको छु ।

अझ खोजिरहेछु म जिन्दगीको र्सवश्रेष्ठ उपमा’ । प्रेम-घृणा, जीवन-मृत्यु साराहरू अमूर्त चित्रकारिताझैं दुर्बोध्य लाग्छ । एकरस जीवनको मुक्तिको खोजीमा जीवनका निर्रथक प्रश्नहरूको दलदलभित्र नित्से, कामुमात्र होइन म पनि फसेको रहेछु । यसैले त सारा सुन्दर सपनालाई सपनाकै जिम्मा लगाएर बिपनाका सुन्दर पीडालाई माया गर्न थालेछु । सम्झ, अब मेरो अस्तित्वको डुङ्गा छिन्नभिन्न हुदै पार गर्ने तरखरमा छ र यतिखेर म जे छु त्यही रहन चाहन्छु ।

यथार्थतः जीवनमा असफल हुनुको सुन्दरतम उपहारस्वरूप गुमाउनका लागि अब मसंग कुनै त्यस्तो खास वस्तु नै बाकी रहेन । भनौं, यसैले कि वैशाख दुखेर बर्सर्ेेे बदनाम मेरो आंसु फूलको सतहमा कहिल्यै विद्रोहको बाढी उर्लन सकेन, नजरका मेरा दुखेसाहरू कसैको बांसुरीमा सुरिलो धुन बज्न सकेन, बरु मध्यरातको एकलासमा सपनाहरू जल्दै जान्छन् र म प्रभाती भस्म टीका थापेर बिपनी हिंड्दै रहन्छु जीवनको रित्तो भीडतिर’ ।

आज आत्मबोधको नवीन पृष्ठमा नीलो गहिराइबाट प्रेम र घृणाका चन्ıकिरणहरू परावर्तन भइरहेछन् एकसाथ, तर प्रेमको कुनै शुभसाइत खोपेर होइन र घृणाको फूल रोपेर पनि होइन, बरु एकलासको चितामा नयां चिता पस्केर आकाङ्क्षाहरू जलिरहेछन् प्रातःदेखि सांझसम्म र म अंधेरी रात ओढेर अवशेष बिपनी हिंड्दै रहन्छु जीवनको रित्तो भीडतिर’ ।

आखिर फूलको भाका उनेर वर्तमानसम्म, आंखामा स्वरूपको रङ्ग छरेर स्वप्नहारसम्म र वासन्ती पालुवामा अलिकति घाउ बनेर मृत्युको सीमासम्म युगको निर्वासित आंसु चुपचाप कैद भोगिरहेछ बाफलिदो मध्या≈नमा र म आफ्नो जुनेली सपना आकाशको तारामहलमै साइत सारेर, कसैको सपनाको पिंध अलिकति चोइटयाएर तृष्णाको भेल बग्दै रहेछु हर वैशाख दुखेर बर्सने साउने झरीमा, हर विसङ्गत र्स्पर्श दुखेर रोएको जीवनको अवशेषमा । यसैले त म मेरा हजार पीडाहरूको माया गर्दो रहेछु ।

जिन्दगीलाई नितान्त एउटा सादा क्यानभासमा रूपान्तरण गरेर जब-जब म आगामी बुद्धको चित्र कोर्न खोज्छु, चित्रबाट फेर परेर म प्राचीन बुद्धको छायामा ओत लागिरहेको हुन्छु अर्थात् मेरो उमेरभरिको इरेजरले आफूलाई मेटेर पनि मैले बिलकुल विगतमुक्त सग्लो आफ्नो परिचय दिन सकिनं । यसरी नै अस्तित्वको उत्खननमा बारबार तथाकथित राजनीति, धर्म, विचार र तर्कहरू अवरोध बन्छन् । यस्तो लाग्छ, कुनै कलाकृतिको सुन्दर रहस्यजस्तो प्रवाहशील समयको कुनै अंध्यारो गर्तमा तिमीजस्तै म पनि छुटेको छु≤ जुन रहरलाग्दा पीडाहरूप्रति मेरो प्रेमभाव जगजाहेर छ ।

कुनै समय दांतभित्रको ज्रि्रोजस्तै म सुरक्षति थिएं, यसैले म हांस्नका लागि पनि दांतकै अनुमति माग्थें, तर अवसर-अवसरमा त्यही दांतले टोकेर मलाई रगताम्मे बनाइदिन्थ्यो र पनि त्यो त्रसित समय मेरो एक आत्मीय मित्रको मृत्युमा मैले रुनका लागि कसैसित अनुमति मागिनं । मृत्युपछि पो थाहा पाएं, म उसलाई प्रेम गर्दो रहेछु’ ⁄⁄ जसले मेरो सिङ्गो जीवनलाई नै पीडामय उत्सव बनाइदियो ।

पीडाको सौर्न्दर्यले पुलकित म, आज उसलाई गाढा नीलो पृष्ठभूमिमा याद गरिरहेछु । याद पनि त वैचारिक कसरतसहितको हृदयविलास त हो ⁄ यिनै यादहरूको सुन्दर पुष्पहारको जीवन्त प्रतिबद्धताले मलाई वर्तमानबाट भाग्न कदापि दिंदैन । भनूं भने विगत, पीडा, आंसु र याद नै जीवनको सुन्दरतम आत्मिक आकर्षा बनिदियो । पीडाको हांसोजस्तो उही आकर्षा नै जीवनको उत्कृष्ट आदर्श पनि बनिदियो किनकि मृत आमाको दूध चुसिरहेको तस्बिरको मानवपीडाले मलाई जति छोएथ्यो त्यति फूलहरूमा रमाइरहेकोर् इश्वरको र्फर्ुसदिलो वरदानजस्तो तस्बिरले मलाई छुन सकेन ⁄’ ⁄⁄ यदि यो मेरो खुसीप्रतिकोर् इष्र्या हो भने विश्वस्त छु, मानवीय कमजोरी ठानेर वल्लभ दाइ मलाई माफ गर्नुहुनेछ ।

जब म पीडा भेट्छु≤ फूल बिर्सन्छु, जूनतारा बिर्सन्छु । मृत्युलाई भेटे जिन्दगी बिर्सन्छु क्यारे ⁄ जुन तीतो सत्य संसारलाई सुन्दर बनाइराख्ने क्रूर दूरदर्शिता हो प्रकृतिको≤ जुन सत्य मेरो दाबीमा अन्ततः प्रेम नै हो ।

मबाहेक अरूले अनुभव गर्न नसक्ने मेरा पीडाहरूसहित म जीवनरत छु । हजार पीडाहरूले प्रहार गरेको भग्नावशेष मन्दिरजस्तो यो जीवनमा अब कुनै देख्य आकर्षा त रहेन, तर तिमीले भनेजस्तै मेरो अनुभवरत आत्मा भने पुरातात्त्विक मूल्ययुक्त भव्य मुर्ति सम्भिmरहेछु≤ जसलाई पीडाका नाममा म आंफै पूजा गरिरहेछु । सांच्चै प्रेम त त्यही आदिवासी मुर्ति रहेछ ।

चराहरू गुंडमा र्फकने समयसांझको यो प्रहर उज्यालोले छाडेर गएको डोब महसुस गर्न सकिन्छ, नीलो आकाशलाई जर्जर इतिहास र्समर्पण गरेर अनगिन्ती पातहरू झरिरहेछन्, पातहरू पानीसंगै बगिरहेछन्, म डिलमा उभिएर कुदिरहेको पानीलाई हेरिरहेछु । निश्चय नै एक दिन म त्यही पानीमा खस्नेछु, बगरमा लासहरू जलिरहेका हुनेछन्, बिस्तारै-बिस्तारै आकाश धूवांले ढाकिनेछ । यिनै शब्दरङ्गी विम्बाङ्कित एउटा पेन्टिङ यतिखेर मभित्र उद्घाटित छ≤ जुन पेन्टिङ म मेरा पीडानायकलाई र्समर्पण गर्न चाहन्छु≤ जसको प्रेमिकाबाट मैले आफूलाई च्युत गरे पनि मेरो प्रेमीबाट उसलाई च्युत गर्ने कमै मात्र सम्भावना छ किनकि म हिटलरको मुर्तिमा बुद्धको आत्मा समाहित गर्न खोजिरहेछु । हुन सक्छ, हिटलरकी प्रेमिका पनि यही चाहन्थी । अपसोच ⁄ म पनि त्यही भूल गरिरहेछु’ ।

यिनै हजार पीडाहरूको सम्झनामा जब म लीन हुन्छु≤ हो, म जिन्दगीको सपना नै बिर्सन्छु । सम्पूर्णमा मेरो वर्तमान शून्य नै रहन्छ । सम्भवतः यो मभित्रको अधिकतम ऊर्जाको क्षण≤ जसलाई एकाकार चैतन्यप्राप्त ब्र≈ममय एवम् प्रकाशमय भन्न मन पराउंछु । तर हामी सबै आ-आफ्नै आकाशको सीमाङ्कन गर्न प्रतिबद्ध छौं । यसरी मानवचेतनाको कन्जुस्याइंग्रस्त भीडमा हांडीले आफ्नै आकाशको कल्पना गर्नु अस्वाभाविक पनि त होइन ⁄ यद्यपि हांडी फुटे उसको आकाश पनि उही सिङ्गो आकाशमा लीन हुनुको विकल्प कतै छ र ⁄ वास्तवमै आकाश एउटै बोध गरेको क्षण हामी सबै एकाकार हुन्छौं । निराकार ब्र≈मस्वरूपको परमानन्द भनेको यही विभाजनहीन निरपेक्ष सत्य हुनुपर्छ≤ जहांनेर न उसको सपना रहन्छ न मेरो पीडा रहन्छ, न भविष्य रहन्छ न विगत रहन्छ । मात्र एकाकार वर्तमानको निराकार ब्र≈मानन्दमा लीन हुनु मेरो पीडाप्रेमको खोज हो । यही निरपेक्ष सत्य बोध गर्न प्रेरित गर्ने मेरा हजार पीडाहरूलाई साधुवाद ⁄

उसले भन्यो- हजार सपनाहरूको माया लागेर आउंछ≤ मैले भनें- मेरा हजार पीडाहरूको माया लागेर आउंछ । फरक यतिमात्र हो, म पीडा सम्हालेर सपना देख्छु≤ ऊ सपना सम्हाल्दै पीडा झेल्छ । हो, ऊ स्वप्ननायिकालाई प्रेम गर्छ, म बिपनाको पीडानायकलाई प्रेम गर्छु आधा उसको सपनाजस्तो, आधा मेरो बिपनाजस्तो प्रेम त त्यही आदिवासी अनुभूति रहेछ ।

(स्रोत : Nepalikalasahitya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.