केहि मिठो केहि न्यानो त्राश चल्थ्यो कुनैबेला,
छाचाल्किदै मुटुभरी प्याश चल्थ्यो कुनैबेला .
खटपटी थ्यो बेहिसाबको त्यता पनि यता पनि,
प्रेमालापको कल्पनामा हताश चल्थ्यो कुनैबेला .
माधुर्यको धुन हुन्थ्यो झनझनौथे रहरहरु,
मादकता त्यो उत्तेजना मिठाश चल्थ्यो कुनै बेला .
अस्पष्ट थ्यो कहानी त्यो, अस्पष्टई त्यो जवानी थ्यो,
अस्पष्टिदा सुवाष बोकी बताश चल्थ्यो कुनैबेला .
मुटु चल्थ्यो, श्वाश चल्थ्यो, गुमुक्क ति नशभरि,
केहि चिजको झिनो आशा आश चल्थ्यो कुनैबेला .
–घ्रितकौशिक
(स्रोत : रचनाकार स्वयंले संग्रहालयलाई ‘यहाँबाट नयाँ रचना पठाउनुस्’बाट पठाईएको । )