निकै दिन भयो, सिमसिम पानी परेको । रोकिने छाट नै छैन । पानी मा रुझ्दै सिरुवाल दाई बज्रमानकोमा पुगे । अपरान्ह एउटा छलफल डाकिएको छ – सामाजिक संस्था खोल्ने बारे । निकै दिन भयो गाउँका भद्र भलाद्मीहरुको दौडधुम, यसका लागि । सिरुवाल दाई पनि केही दिन देखि मरिमेटेर लागेका छन् ।
बज्रमान खानदानी मानिस । बाबुबाजेका पालादेखि गाउँमा हैकम जमाएका खाएका । सिरुवाल दाई, थोरै पढेका तर सबैलाई परेका बेला सहयोग गर्ने भएकाले गाउँलेका असाध्यै प्यारा । दुखको बेला सहयोग लिन होस वा कुनै काम गर्नु परे सल्लाह लिन, सबै गाउँले उनैकोमा जान्छन् । उनी साहित्यमा पनि निकै रुची राख्ने मानिस ।
बज्रमानलाइ लागेको थियो, सिरुवाल दाई आजको छलफलमा केही ढिला आउनेछन् । उनलाई समयमै छलफल सुरु गर्ने र माहोल आफ्नो पक्षमा पार्ने अवसर मिल्ने छ भन्ने लागेको थियो ।
‘बज्र सर नमस्कार’ सिरुवाल बोले । बज्रमानले मन नपरी नपरी जवाफ फर्काए ।
‘तिम्रो यो समाज सेवाको समर्पणलाई मैले माने । पानीमा रुझ्दै भए पनि छलफलका लागि समयमै आयौ,’ बज्रमानको बाहिरी मन बोल्यो ।
दुइ चार जना अघि नै आइसकेका रहेछन् । केही बेरमा अरु पनि आए । छलफल सुरु भयो । सिरुवाल दाईले सुरुमै संस्थाको नाम प्रस्ताव गरे ‘सृजनशील सेवा समाज’ । कसैले त्यसमा नाइ नास्ती गरेनन् । बज्रमानलाई यो मन परेन । संस्थाको नाम भन्दा पनि सबैले सिरुवाल दाईको प्रस्तावको समर्थन गरेको मन परेन ।
‘यो अलि साहित्यिक नाम जस्तो भयो’ सोझै विरोध गर्न नसकेपछि उनले भने । —थप केही दिन सोचौ नामका बारे‘ उनले त्यो विषयलाई थाती राख्ने प्रस्ताव गरे ।
दुइ-चार जनाले संस्थाको प्रस्तावित विधान र कार्यक्षेत्रबारे लिखत प्रस्ताव पेस गरे । सिरुवालई दाइ, सबै प्रस्तावलाई समेटेर एउटा राम्रो विधान बनाउने पक्षमा उभिए । आफ्नो प्रस्ताव राम्रो भएको, स्थानीय सरकारी अधिकारीहरु सित यसबारे छलफल भएको र उनीहरुले यसलाइ स्वीकार गर्न तयार भएकोले आफ्नो प्रस्ताव नै स्वीकृत हुनुपर्ने ढिप्पी गरे बज्रमानले । छलफल निकै लम्बियो तर पनि निचोड निस्किएन । अर्को छलफलको मिति तोकेर सबै विदा भए ।
बज्रमानलाई कता कता चिसो पस्यो । निर्णय क्रममा सहभागीले सिरुवाल दाईको हरेक प्रस्तावलाई स्वीकार गर्नु भनेको संस्थाको चाबी उनको हातमा जाने संकेत हो । उनको लागि यो निकै ठूलो हार हुनेछ ।
भोलि पल्ट देखि नै उनले मनले खाएका मानिसको कान फुक्न थाले । उनले अनेकन हर्कत प्रयोग गरे । अर्को पटकको छलफलमा उनलाई सहयोग गर्ने पक्षका मानिसहरु भेला गर्ने प्रयास गरे । निकै ठूलो जमघट नै भयो । सिरुवाल दाइले भने यसको सुइको पनि पाएनन् । धेरै मानिसको सहभागिताले उनलाई लाग्यो यो विषयमा सबैका लागि चासो विषय बनेको छ।
दोस्रो भेलामा पनि बज्रमानको केही लागेन । उनका पक्षका भनिनेहरु केही कराए पनि अधिकांस सिरुवाल दाइको प्रस्तावको पक्षमा उभिए । उनलाई कार्यकारिणी समितिको अध्यक्ष्य छानियो । बज्रमानलाई सदस्यमा बस्न अनुरोध गरे पनि मानेन । उनको अध्यक्ष्य हुने धोको पूरा हुन नपाए पछि उनी मर्माहत भएका छन् ।
—गतिलो योजना, स्पष्ट नीति र कुशल नेतृत्व नभएको संस्थामा बसेर कुनै राम्रो काम गरिएला भन्ने देखेको छैन मैले । दुइ चार जना भेला भएर अवसरवादीहरुले बनाएको संस्थामा बस्नु उचित हुन्न‘, बज्रमानले कड्केर भने ।
कुमार कान्छालाइ चित्त बुझेन । झोंक्किएर जवाफ फर्काए, —बज्र सर, आफैले भनेको र गरेको मात्र सही, अरुको जे पनि गलत भन्न त मिलेन नि । कस्तो योजना र नीति बनाउने भन्ने त तपाइको हातमा पनि छ नि । कार्यसमितिमा बस्नुहोस । प्रस्ताव राख्नुहोस । सबैले जसको उचित ठान्छन, त्यसलाई लागु गरौला ।‘
—साहित्यकारले सामाजिक संस्था कसरी चलाउन सक्छ?‘ बज्रमानले भने । कसैले जवाफ दिएन । बुझ्नेहरु गलल हासे मात्र ।
—मैले प्रस्ताव गरेकै योजना मान्नु पर्छ भन्ने हैन । सबैको प्रस्तावलाई मिलाएर एउटा राम्रो, गतिलो बनाउ‘, सिरुवालले भने ।
—ती ! तिम्रो भाषाले नै बुझिहालियो नि । मेरो प्रस्ताव भनेर के संस्था नीजि बनाउन खोजेको? यहाँ तिम्रो प्रस्ताव हैन, गाउँलेको प्रस्ताव पास हुनु पर्छ । संस्था तिम्रो लागि हैन, गाउँलेको हितको लागि हो । उनीहरुको निर्णय हामीले मान्नु पर्छ ।‘
बज्रमानकै माग अनुसार सिरुवाल दाइले गाउँलेको भेला बोलाए । गाउँलेले जसको योजना ठीक ठान्छन, त्यसलाई नै पारित गर्ने निस्कर्ष भयो ।
बज्रमान जसरी भए पनि सिरुवाललाई हटाउनु पर्छ भन्ने अभियानमा लागेका छन् । यसका लागि उनी गाउँ निकै घुमे । धेरैलाई आफ्नो योजना सुनाए । तर माहोल सिरुवाल दाईकै पक्षमा देखियो ।
अब बज्रमानका लागि दुश्प्रचार गर्नु बाहेक केही बाकी रहेन । सिरुवालले संस्था खोलेर कमाइ खाने भाडो बनाउने प्रयास गर्दैछ भनेर हल्ला गरियो । सिरुवाल दाइको राजनीतिक नेतासितको चिनजानलाई आधार बनाएर संस्थालाई राजनीति करण गर्न खोजियो भन्ने प्रचार गरियो । पाको उमेरको र अनुभवी मान्छेको नेतृत्व नभएका कारण संस्थाले राम्रो काम गर्न सक्दैन भनियो । यति गर्दा पनि अधिकांश गाउँले सिरुवाल दाइकै पक्षमा उभिने देखियो ।
बज्रमानले सिरुवाल विरुद्ध पर्चा छाप्न लाए । पर्चा गाउँभरी छरियो । गाउँले भेला तोकिएको दिन बज्रमानका सहयोगीहरुले नारा जुलुस गर्ने निर्ण गरे । जसरी भए पनि सिरुवालको योजना अघि बढ्न नदिनु बज्रमानको लक्ष्य हो ।
जुलुस त्यति ठूलो नहुने र दुइ पक्षविच झडप भएमा आफ्नो समुहले हार्ने देखेपछी बज्रमानले जुलुस भेला नभएकोतिर गर्न अर्हा ए । भेलामा सिरुवालले के प्रस्ताव राख्दा रा‘न भनेर बुझ्न बैकुण्ठेलाई त्यता पठाए । भेलामा उनले आफै प्रस्ताव राख्ने आँट गरेनन् ।
गाउँलेको निकै ठूलो भीडमा सिरुवालले प्रस्तावित संस्थाको विधान, कार्यक्रम र उद्देश्य पेश गरे । जम्मा भएका अधिकांशले त्यस्तो समर्थन गरे ।
बैकुण्ठेले उठेर चर्को स्वरमा भन्यो, —एउटा लुगा लाउन सम्म नजान्नेले कसरी संस्थाको नेतृत्व गर्छ? हाम्रो धर्म संस्कृतिमा कालो रंगलाई नराम्रो सुचकको रुपमा मानिन्छ । आज यहाँ नेता हुन चाहाने व्यक्तिले कालो लुगा लाउनुको संकेत के हो भने यो संस्था जन्मिनु भनेको गाउँका लागि अपसूचक हो ।‘
(स्रोत : IPAJournal.com)