एकै क्षणलाई मुटु रेट्ने मस्काई नजाती,
आखा छोप्दा एकान्तमा झस्काई नजाती.
ठुस्किय़ेर कहिलेकाही दोबाटोमै छुट्थ्यौ तिमि,
त्यहि रिस, त्यहि प्रीतको ठस्काइ नजाती .
कहिले हुन्थ्यौ माया गर्ने कहिले रिसाउने,
कहिले चाही छाया देख्दै हच्काइ नजाती .
मुस्कान त्यो अधरको घटा सरि केश काला,
मातै लाग्ने नयनको पस्काइ नजाती .
–घ्रितकौशिक
(स्रोत : रचनाकार स्वयंले संग्रहालयलाई ‘यहाँबाट नयाँ रचना पठाउनुस्’बाट पठाईएको । )