सुस्त सुस्त केहि कुरा रहर्भरि चलिरह्यो,
मन्द मन्द केहि आशा प्रहर्भरि चलिरह्यो .
व्यथा, कथा, मोह, न्यास्रो, बेशर्मिको खिल्ली थियो,
हल्ला त्यस्तै बेशर्मिको शहरभरी चलिरह्यो.
भिड भाडमा हताशी त्यो, एक्लोपना अजिब जस्तो,
अचम्मैको निराशी झैँ डर भरि चलिरह्यो .
ठहर्यायो दोषी यता, मा नै थिए अपराधि,
कुराहरु बौलायेझै ठहर्भरी चलिरह्यो .
त्यो प्रेमको सम्झना या दुखको यो बिरक्तता,
रक्शिको यो मत्मत्याई नि जहर्भरि चलिरह्यो .
–घ्रितकौशिक
(स्रोत : रचनाकार स्वयंले संग्रहालयलाई ‘यहाँबाट नयाँ रचना पठाउनुस्’बाट पठाईएको । )