कोहि अमिर कोहि फकिर हाम्रो नेपालमा,
कोहि आजाद कोहि जन्जिर हाम्रो नेपालमा .
कसैको छ सर्बे सर्बा उचलिञ्छ उभैतिर,
कसैलाई चै तातो झिर हाम्रो नेपालमा .
सम्भ्रान्त छ एउटा पाटो मैमत्ताको चुरीफुरी,
अर्कोतिर पिरैपिर हाम्रो नेपालमा .
बेमतलब गल्ति गर्ने सर्ब पुज्य सर्ब मान्य,
निमुखालाई तारेभिर हाम्रो नेपालमा .
–घ्रितकौशिक
(स्रोत : रचनाकार स्वयंले संग्रहालयलाई ‘यहाँबाट नयाँ रचना पठाउनुस्’बाट पठाईएको । )