एक धर्को सिन्दूरको केभर छर ?
जीबनको यौवन सँगै मौलाएको
कुरकुरे बैशमा जोडी बाँधीएको
प्रमाणीत गर्थ्यो सिउदोको सिन्दूर
बेदनाले मनको काहानी बोकेर
जिउन बिवस थिए सिउदो भरेर
तृष्णाका प्याला बोकी बर्षौ
बाटो हेरी बस्थेउ परदेशीको
आज जमाना पनि तन्नेरी भयछ
सागर तरदै सिउदोको सिन्दूर
समय सङ्गै उडी रहेछ
पारपाचुके मागी रहेछ
सुनौलो सपना बोकी रहेछ
पास्चात्य साम्राज्य बादको
हावाले एकतमास उडाई रहेछ
आफ्नो सँस्कार भत्की रहेछ
खै अब सिन्दूरको केभर छर ?
– राज थापा
लिम्रीक,आयरल्याण्ड !
(स्रोत : Kritisangraha@gmail.com ईमेलमा रचनाकार स्वयंले पठाईएको । )