सबै सफा सबै सज्जन भ्रस्टचारी कताको हो ?
सबै धनि सबै अमिर बेरोजगारी कताको हो ?
म नै राजा म नै बिधान म नै देश मेरै कृपा,
सबै चलाख सबै चतुर लाचारी कताको हो ?
हुकुमत यो मेरै राज्य मेरै फुर्ति मेरै पेशा,
सबै टम्म हराभरा भोकमरी कताको हो ?
साधु जति सबै यहाँ इज्जतिला सबै जना,
अबलाको मासु लुछ्ने बलात्कारी कताको हो ?
एउटाको दोष यता सर्छ पन्छिन्छ त्यो उतातिर,
बेमतलब यो अराजकता जिम्मेदारी कताको हो ?
–घ्रितकौशिक
(स्रोत : रचनाकार स्वयंले संग्रहालयलाई ‘यहाँबाट नयाँ रचना पठाउनुस्’बाट पठाईएको । )