~चन्द्र बहादुर बि.क.~
फटाहा को भिड बिच, सज्जन कहाँ टिक्छ हजुर।
बिष बेच्ने बजार हो यो, अमृत कहाँ बिक्छ हजुर।।
जस्तो ज्ञान बुद्धी दियो, त्यस्तैनै त सिक्ने हो नि ।
गुरु आँफै चोर छ त, सिक्ने ले के सिक्छ हजुर।।
सिक्दै युद्ध सिकेपछी, हतियार त बोकी हाल्छ ।
खुकुरी को दाप बाट, कस्ले फुल झिक्छ हजुर ।।
चोर सज्जन जे भए नि, आफु खराब को भन्छ र ।
अरुलाई पो खराब देख्छ, आफु सबै ठीक छ हजुर ।।
२४ जनवरी २०११
(स्रोत : NRNaksa)