~बिमल पुन~
अचम्म लाग्छ मलाई ,
हिजो आजका बुद्धिजिवीहरुलाई देख्दा
किन चुप लागेरै बस्छन्
अरुले लुम्विनी नेपालमा पर्दैन भन्दा
दङ्ग लाग्छ मलाई
स्वतन्त्र देशभक्तहरुलाई देख्दा
किन सहेरै बस्छन्
कालापानी सुस्ता सहितका सिमाना मिचिदा
उदेक लाग्छ मलाई
अहिलेको परराष्ट्र मन्त्रालयलाई देख्दा
किन एक सब्द बोल्दैन
आसाम मेघालयबाट नेपालीभाषीहरु विस्थापित हुनु पर्दा
विरक्त लाग्छ मलाई
नेपाल सरकारलाई देख्दा
किन आखाँ चिम्लेरै बस्छ
जुसमा किरा फट्याङग्रा मिसाएर बेचेको देख्दा
वितृष्णा लाग्छ मलाई
सच्चा लोकतन्त्रबादीहरुलाई देख्दा
किन रमिते बनेरै बस्छन्
१६ औं चोटी पनि प्रधानमन्त्री छान्न नसक्दा
घृणा लाग्छ मलाई
सचेत स्वाभिमानीहरुलाई देख्दा
किन कानमा तेल हालेरै बस्छन्
आन्तरिक मामीलामा विदेशिले हस्तक्षेप गर्दा
अति भो सचेत नागरीकहरु !
ज्याद्रो भो प्रवासीहरु !
खवरदार देशद्रोहीहरु !
होसीयार भष्ट्रचारीहरु !
अब नेपाली जन्ता सचेत भईसकेकाछन् ।
(आफ्नो उन्नतीको वाधकलाई चिनीसकेकाछन्)
बिमल पुन
यन्बू, साउदी अरब
(स्रोत : NRNaksa)