~मित्रलाल पार्दे~
एक पटकको नेपाली हामी सधैंको नेपाली
नेपालको लागि नेपाली हामी गैर आवासीय नेपाली
बगेको छ छातीमा हाम्रो स्वाभिमानी रगत
लुकेको छ पाखुरीमा हाम्रो संसार हाक्ने तागत
बलेको छ आगो तालुमा हाम्रो वैभव नेपाल बनाउने
फुलेको छ ममताको फूल हृदयमा हाम्रो बुद्धभुमी विश्वमा चिनाउने
एक पटकको नेपाली …………..
नेपालको लागि नेपाली ………..
जुनसुकै भूगोलमा पुगौ नेपाली भएर बाचेकै छौ
जुनसुकै संस्कृतिमा पुगौ नेपाली संस्कृतिमै नाचेकै छौ
दश नङरा खियाई कर्मठी हातले सम्रिद्ध राष्ट्र बनाउनेछौ
बिछोडको पीडा सही आशाको दियो बाल्दै फूलबारी सजाउनेछौ
एक पटकको नेपाली हामी …………….
नेपालको लागि ………………..
नलिनू है आमा चिन्ता ,सन्तानले जन्मभूमी बिर्सिए भनेर
नदेख्नु है आमा नराम्रो सपना, मुटुका टुक्राले देश छोडे भनेर
पर्खेर बस फर्केर आउछौ समाउछौ प्रगतिपथको कुटो र कोदाली
खुशीले हाँस बनाउछौ समथर असमानताको उकाली ओराली
एक पटकको नेपाली ……………
नेपालको लागि नेपाली हामी गैर आवासीय नेपाली
सचिव NRNA पोल्यान्ड
(स्रोत : NRNaksa)