~नमराज लामिछाने~
पसीना सकिएका सुख्खा शरिर बोकेर
आँसु टिल्लबलाएको आँखाले चिहाउदछ ।
पारिवारीक संसार बाट टाढिएको शरिर बोकेर
ममताको ब्याकुलतामा भावुकताले टोलाउदछ ।
*******
मलिन अनुहारमा फुसि्रएको गाला सँगै
पिलपिलाउदा ओटहरु मुस्कुराउदछ ।
व्यस्तताले नसिहारीएका कपडाहरु
गरीबताको संकेत बोकेर फरफराउदछ ।
*******
एकान्तको जीवनमाथी मिठो सपना बोकेर
सुनौलो भविष्यको प्रतिक्षामा दिनहरुकाट्दछ ।
जिन्दगी भरि पसिनाको कमाइ चिमोटदा पनि
न परिवार, न सुख सयाल, एक छाकमात्र टर्दछ ।
*******
जीन्दगी एउटा कथा बोकेर चलिरहेको छ
पश्चातापको आगो भित्र मुर्दा सरी जलिरहे को छ ।
कस्लॆ देख्छ विदेशीएका जीवनहरु माटो भित्रै बिलाएको
कस्लेपो भन्छ र जीवनका कथाहरु जीवनमै हराएको ।
(स्रोत : NRNaksa)