~निरज थापा~
यस्तै गरी जिन्दगी चल्दै छ साथी
भित्र भित्रै मुटु यो जल्दै छ साथी
अन्धकारले धर्ती यो छोपेको बेला
बल्ल चेतनाको दियो बल्दै छ साथी
लाख कोशीस गर्दा नि पत्थर हुनेको
खै किन हो किन ? मन गल्दै छ साथी
गुमाउनुमा नै पाउनु रहेछ क्यारे !
उन्को याद बाच्ने सहारा बन्दै छ साथी
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )
