गल्ति मेरो दोषी मै हु के छ सजाय !
मिल्छ भने माफ गरिदेउ मैले बिराए !!
रिस हो कि डाहले हो जल्छ मेरो मन !
खडेरीको पत्कर सरि बल्छ मेरो मन !!
अरुसंग हास्दा तिमि, आखा भिझाए !!!
मिल्छ भने माफ……….
जानेरै त होइन कसम तिम्लाई रुवा’को !
हावा चल्दा उडीदिन्छ के दोष भुवाको !!
तरपनि तिम्रो दिलमा तिखो काढा बिझाए !!!
मिल्छ भने माफ………..
शंका छैन तिमिसंग माया नै छ बरु !
नरिसाईदेउ मान्छु जे जे भन्छौ अरु !!
बिर्सिदेउ एउटा भुल पापै चिताए !!!
मिल्छ भने माफ………..
गल्ति मेरो दोषी मै हु के छ सजाय !
मिल्छ भने माफ गरिदेउ मैले बिराए
(स्रोत : shabdasarathi)