धुरमुसे हात पाखुरा बलियो भएर पनि कहिल्यै मेहनति भएर काम गरी खानुभन्दा अरुलाई रिझाएर मागेर खान जानेका चतुर व्यक्ति हुन । दिनहु नयाँ एक दातालाई रिझाएर पेट भर्नु उसको दिन चर्या थियो । सायद दोह–याएर कोहीसँग हार गुहार गरेन । जोसँग माग्दछ उसले कहिल्यै नाई भन्दैन । कुन बेला कोसँग माग्नु पर्दछ । एक जना छुच्ची महिलाले बडो नमज्जाले गाली ग–यो । ठुला ठुला पाखुरा भएका काम गरी खानु मागेर खान लाज छैन ? धुरमुसेले फु–यायो उनलाई हजुर यति राम्री भएर के गरी बसिरहनु यस्तो गाउमा काठमाण्डौमा गए त हजुर हिरोइनमा पक्का आईमईको जात श्रीमान्को लागि पकाएको मासु भात गजबले पडकाए मागी खाने कला थियो धुरमुसमा । कसैको लागि भारी भएन धुरमुस ।
दिनहरू बित्दै गए, जवानीबाट बुढौलितिर धल्कदै गए लामो यात्रा संभव भएन । अब उसका दिनहरू जसले दिन्छ जसले ख्वाउन्छ उतैतिर बित्न थाल्यो । शरिरमा कमजोरी भयो । बिमार पर्दा कसैको साथको महसुस गर्न थालेको थियो । एउटा गाउमा खैलबैला मच्चिरहेको थियो । गर्भ धारण गरेको बच्चाको बाउ को भनेर महिलाले यकिन साथ कसैको नाम भन्न सकेन । गाउले कसलाई जिम्मा लगाउने के गर्ने अप्थेरो परिस्थितिमा धुर्मुसेको प्रबेश भयो । सधै अरुको सहारामा धानेको जिन्दगी आज किन किन कसैलाई सहरा दिने जस्तो लाग्यो । धुर्मुसे चुपचाप समस्याको समाधान पापको पोका स्वीकार ग–यो । अपरिचित नारीलाई साथ लिएर धुर्मुसे नयाँ जिन्दगी यात्रा सुरु गरे ।
व्यवहारिक जिन्दगीको ज्ञान नभएको धुरमुसेलाई दाम्पत्य जीवन चलाउन सहज भएन । आखिर पुरानो फिरन्ते संसारमा नै फर्के । ४०,४२ वर्षेको धुरमुसे २०,२२ वर्षको जवानी गर्भबती केटी श्रीमतीलाई मागी ख्वाउनु उसको दिन चर्या बन्यो । घुमन्ते जीवन असुरक्षा महसुस भएको बेला एउटा अजंङ्गको भोटे कुकुरले साथ दियो । गर्भावस्था नजिकिदै गर्दा लामो यात्रा गर्न सकेन । शहरको एउटा पाटीमा डेरा जमाउन पुग्यो । तीन परिवार श्रीमान् श्रीमती र सुरक्षाको खातिर अजङ्गको भाटे कुकुर ।
दयनीय जिन्दगीमा सहयोगी हातहरूबाट सहयोग जुटाउन थाले धुमुसे । शहरका दयालु मानिसहरूले पाटीमा नै आएर सहयोग गर्न थाले । कसै कसैले खाना पकाएर ल्याई दिए । रातभरको प्रवास पीडाबाट बिहानी पख छोरा मान्छेको जन्म भयो । आमा चाहि बेहोस हालतमा थियो । धुर्मुुसे सहयोग बटुल्न दगुरे मेरो छोरा भयो मलाई सहयोग गर्नु परयो भन्दै अनेकौ सहयोगका सामानहरू लिएर पाटिमा आई पुग्यो । आमाको साथमा सालनाल सहित बच्चा थिएन । खैला बैला मच्चियो । कसलाई दोष लगाउने कसले लग्यो नवजात शिशु सबैले केरकार गरे कसलाई शंका लाग्छ ? धुरमुसे सहयोग गर्नेहरू सबैलाई शंका गरे । सबैतिर खान तलासी भयो अन्तत सहयोग गर्ने एक जोडिको घरमा ताला बन्दी थियो । सबैको पहलमा धुरमुसे सोही घरको मान्छेलाई कितानी गरी जाहेरी निबेदन प्रहरी बित्तमा उजुरी दिए ।
प्रहरीले अनुसन्धान सुरु गरे । प्रहरी जासुसी कुकुर द्धारा स्थलगत निरिक्षण गरे जासुसी कुकुरलाई छाडियो कुकुर सुघ्दै अघि बढयो । एउटा कुनामा परीक्रमा गर्दै कुकुरले भुक्यो । भोटे कुकुर आनन्दले आराम गरिरहेछ ।
August 16, 2014
(स्रोत : Sahityasansar.com )