सोध्दै छ्यौ रे के गर्दै छ ,चिन्ता भित्रै जलेको छु,
दुखी पिडा सोध्छ्यौ भने भुन्ग्रोभित्र बलेको छु.
पैतालामा काडा रोप्यौ, हिड्नै बन्द होला भनि ,
हिड्न करै पर्यो तर जीवन संगै गलेको छु .
सोध्छ्यौ अरे दुनियालाई जिउंदै छ या मरिसक्यो ,
मुर्दा शरीर लिएर यो मृत्युलाई छलेको छु.
हात फिजाई साथ् माग्दा लल्कारेर गैगयौ,
बाच्नै पर्यो संसार हेर्न दुखसगै चलेको छु.
-महेश घ्रितकौशिक
(स्रोत : ‘नयाँ रचना पठाउनुहोस्’ बाट रचनाकार स्वयंले पठाईएको । )