सुन्दैछु मान्छे बनायो इश्वरले
सोधछु म इश्वर बनायो कसले ?
हिजो ढुंगाको मुर्ति बनायो कसले
त्यसलाई इश्वरभनि चिनायो कसले ?
कुल र धर्मको कित्ता लगायो कसले
ठुलो,सानो जात,जाति दर्जा दियो कसले ?
रगत सबमा रातो हुन्छ भन्छन सबले
उसले छूयको पानी नचल्ने भन्ने सबले !
शब्द बदल्दै दलित भन्ने समाजका दरिद्रले
अबत छोडन ” दलित ” वकल्न बुझ्ने सबले !
अबत छोडन ” दलित ” वकल्न बुझ्ने सबले !
दुइ जिब्रो फट्कार्दै हिड्ने नपुंसक लेन्डुपहरुले
अबत छोडन ” दलित ” वकल्न बुझ्ने सबले !!!
राज थापा
लिम्रीक, आयरल्याण्ड !
(स्रोत : Kritisangraha@gmail.com ईमेलमा रचनाकार स्वयंले पठाईएको । )