आत्मा चिसो शरीर चिसो मनै चिसो यहाँ ,
बोलि चिसो हेराइ चिसो तनै चिसो यहाँ .
पारिलो घाम अस्ताइसक्यो न उदाइकन,
त्यसै चिसो दुनिया यो झनै चिसो यहाँ .
पराया त परै भए ठण्डी अनि चिस्सिएका,
आफन्तको त आफ्नु पनै चिसो यहाँ .
मुटु दुख्दा सुम्सुम्याउने हातहरु हटिसके,
त्यसै त दिल मेरो छ नै चिसो यहाँ .
(स्रोत : ‘नयाँ रचना पठाउनुहोस्’ बाट रचनाकार स्वयंले पठाईएको । )

