~पाल्पाली मिलन~
दानविर साहु शिवनगरकै एक धनाढ्य तथा दानी व्यक्तिको रुपमा प्रख्यात छन् । उनका तीन छोराहरुमध्ये जेठो छोरा दिपेन्द्र अद्ययनको सिलसिलामा हाल लन्डन गएका छन् भने माइलो छोरा यज्ञले हालै स्नातक तह सकेर आफ्नै व्यापार गर्ने उद्घेश्यले कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ भनी दानविर साहुका म्यानेजर झपेन्द्रसित मिली विभिन्न क्षेत्रको अद्ययन,अनुसन्धान गर्दै छन् भने
अलि चुलबुले स्वभावको कान्छो छोरो गोकुल भने नेपाल सरकारले स्नातक तहको लागि लिन लागेको छात्रवृति परिक्षाको तयारी गरिरहेका छन् भने दानविर साहुकी श्रीमति सुपभा्रको भने ..
.
.
घरको कामकाज गर्दामा नै दिन बितिरहेको छ ।
दानविर साहुको अरु सबै बानी ठिक भएपनि उनि अलि बढि नै अन्धविश्वासी छन् र प्रत्येक काम थाल्दा र निर्णय लिदाँ त्यस ठाँउको प्रख्यात बाबा संजोग “सन्जु बाबा”का सल्लाह लिएर मात्रै गर्दथे । तर यो कुरा उनको छोराहरु र श्रीमतिलाई पटक्कै मन परेको थिएन । यो हजुरको अन्धविश्वास मात्र हो भनि सम्झाउन खोज्दा उनको छोराहरु र श्रीमतिलाईमात्र होइन एकचोटी आफ्नो एकाउन्टेन्ट महेशलाई पनि बेस्सरि झपारेका थिए ।
यस्तैमा एकदिन दानविर साहु आफ्नो परिवार र आफ्नो र छोराहरुको नजिकैका साथिसहित नजिकै रहेको प्रख्यात मन्दिर श्री शंकरेश्वरमा दर्शन गर्न जान्छन् तर आफ्नो छोराहरुको मिल्ने साथी मिलनलाई नदेखेर खोई त मिलन भनि सोध्दा छोराहरुले आज ऊ एकदमै व्यस्त छ भन्छन् । त्यसपछि सबैले पुजापाठ र दर्शन गर्न थाल्छन तर दानविर साहु भने सदाझै अन्त्यमा त्यहाँ रहेको सबैभन्दा प्रशिद्घ मुर्तिको पुजा गर्छन् र आखाँ चिम्म गरेर मनमनै “ हे भगवान, मेरो छोरा यज्ञले आफ्नै व्यापार गर्न खोजिरहेको छ , केमा लगानी गर्दा राम्रो होला मलाई ईशारा गरिदिनुपर्यो प्रभु ” भन्छन् अनि बिस्तारै आखाँ खोल्दा उक्त मुर्तिको पाउँमा एउटा रातो कपडाको टुक्रा देख्छन ।
दानविर साहुलाई अच्चम लाग्छ किनकि त्यो टुक्रा उनले आखाँ बन्द गर्नुभन्दा अगिसम्म त्यहाँ थिएन । यस्तैमा “ ॐ नमो शिवाय, जय भोले बाबा ” भन्दै एउटा बाबा दानबिर साहु भएतिरै आउँछन अनि “ बेटा दानविर, अच्चम नमान भगवानले तेरो कुरा सुन्नुभयो, तेरो छोरालाई कपडाको व्यापार गर्न लगा, फलिफाप हुन्छ । ” भन्छन । दानविर साहु झन् अच्चमित हुदैँ “बाबा तपाई को हुनुहुन्छ, अनि तपाईलाई मेरो मनको कुरा कसरि थाहा भयो ?” भनि सोध्दछ अनि बाबाले “बेटा म त अन्तरयामि हुँ र म तैलै मानिएको सन्जु बाबाको गुरु “रोशनमणि” हुँ ।” भन्दै त्यहाँबाट जान्छन ।
दानविर साहु र उसको परिवारको मुहारमा मुस्कान छाउछँ । घर फर्केपछि दानविर साहुले एकचोटि सन्जु बाबासित पनि सल्लाह गरु भनि सम्र्पक गर्न खोज्दा उनिको चेलाहरुबाट उनि हरिद्घार गएको र एकवर्ष पछि मात्र फर्कने खबर पाउँछन । त्यसपछि रोशनमणि बाबाले भनेबमोजिमको व्यापार गर भनेर छोरालाई भन्छन ।त्यसपछि यज्ञ अनि गोकुल तथा म्यानेजर झपेन्द्रले मिलेर कपडाको व्यापार गर्न उपयुक्त स्थान खोज्दछन र उचित दिनमा दानविर साहुको इच्छा अनुसार साइत जुराएर आफ्नो पसल “डिजाइनर डे«स” को उद्घाटन गर्दछन । मागबमोजिम सस्तो तथा सुपथ मुल्यका देखि लिएर हरेक उमेर समुहलाई समेट्ने अति गुणस्तरिय तथा बा्रन्डेड कपडाहरु तथा आवश्यकता अनुसार डिजाइनरद्घारा डिजाइन गरिएका कपडा पाइने हुदाँ एक वर्षभित्रैमा लाखौँको मुनाफा आर्जन हुन्छ ।
सदाझैँ यसपालि पनि यो सबै “रोशनमणि बाबा”ले गर्दा भएको ठानि उनिलाई भेट्न भनि दानविर साहु श्री शंकरेश्वर मन्दिरमा जान्छन । मन्दिरमा गई सबैतिर खोज्दा पनि त्यी बाबा भेटिदैनन अनि निराश भएर फर्किन लाग्दा एकजना व्यक्ति आएर उनलाई ढोग्न खोज्छन, दानविर साहुले त्यी व्यक्तिलाई उठाएर मलाई किन ढोग्न खोज्नुभको भनी सोध्दा त्यी व्यक्तिले “ हजुर म यहाँ सबैभन्दा ठुलो मुर्ति भन्दा केहि माथि रहेको सरस्वती माताको मन्दिरको पुजारी हुँ अनि हजुर आज भन्दा एकवर्षअगि हजुर यहाँ सपरिवार आउनुभन्दा अगिल्लो दिन हजुरको छोराहरु म कहाँ आएर एउटा सानो रातो कपडाको टुक्रा दिनुभयो अनि भोलिपल्त हामिहरु पुजा गर्न आउँदा हाम्रो बाबाले थाहा नपाउने गरि वहाँ अगि खसालिदिनु भन्नुभयो, मैले भोलिपल्ट त्यसै गरे अनि वहाँहरुले मेरो ७ वर्ष हुदाँ पनि पढ्न नपाएर त्यसै बसेको छोरालाई नजिकैको बोडिङ्गमा भर्ना गरिदिनु भयो अनि सबै फिस पनि वहाँहरुले तिरीदिनुहुन्छ, हजुर अनि हजुरको छोराहरुलाई ईश्वरले सधैँ आशिवार्द दिउन ।” भन्दै दानविर साहुलाई ढोगि अगि बढ्छन ।
सबै कुरा थाहा पाएपछि रिसाउदैँ घर फर्की छोराहरुलाई झपार्दै किन यसो ग¥यौँ भनि सोध्दा प्रायः सधैँ चुप लागेर बस्ने दानविर साहुकि श्रीमति सुप्रभाले म भन्छु भन्दैँ–“यज्ञले कपडाको व्यापार गर्न उपयुक्त हुने कुरा आफ्नो अनुसन्धानबाट पत्ता लगाएसकेको थियो र यसको बारेमा हाम्रो म्यानेजर झपेन्द्र सित सल्लाह लिदाँ उनले पनि यज्ञको योजना उपयुक्त भएको बताए तर तपाईले “सन्जु बाबा”को कुरा मात्रै मान्ने र जेठो छोरा दिपेन्द्रले साइबर संचालन गर्छु भनि सबै व्यवस्था मिलाइसकेकोमा त्यही “सन्जु बाबा”ले भन्यो भन्दैमा उसको चाहानाविपरित उसलाई थप अद्ययनको लागि लन्डन पठाउनु भयो । त्यसैले फेरी उहि कथा यज्ञसित नदोहोरियोस भनि मैले र छोराहरुले यो सब गर्नुपरेको हो मात्र हजुरको अन्धविश्वाशको डरले गर्दा” भन्छिन् ।
आफ्नो श्रीमतीको सबै कुरा सुनिसकेपछि दानविर साहुको रिश मरेर जान्छ अनि “तिम्रो कुरा सहि हो सुप्रभा म अलि बढि नै अन्धविश्वाशी भएको थिए तर तिमीहरुले मेरो आखाँ खोलिदियौँ तर मेले एउटा कुरा त्यी “रोशनमणि बाबा” भन्ने चाहिँ को हुन ?” भनि सोध्दछन ।
त्यसपछि यज्ञ र गोकुललेमुस्कुराउँदै्–“ अरु को हुनु नि त्यो दिन व्यस्त भएर आएन भनेको हाम्रो साथि मिलन नै त्यहाँ “रोशनमणि बाबा” बनेर आएको थियो नि ।” भन्छन ।
अनि दानविर साहु पनि यो त्यो“जौवा मिलन”पो भन्दै हास्नथाल्छन ।
इति श्री.
(स्रोत : Palpalimilan.blogspot.com)