समुन्द्रको पानीजस्तो कञ्चन तिम्रो रूप
अप्सराकी रानीजस्तो भन्छन् तिम्रो रूप
आहा कति सुहाको छ तिमीलाई लुगाले
राम्री भन्दै बाटो हिँड्दा जिस्काउँछ सुगाले
नयनको नानीजस्तो कञ्चन तिम्रो रूप
अप्सराकी रानीजस्तो भन्छन् तिम्रो रूप
आहा कति मिलेको छ बोली रूपसँग
तिम्रो बोली सुनेपछि को नहोला दंग
फुलको जिन्दगानीजस्तो कञ्चन तिम्रो रूप
अप्सराकी रानीजस्तो भन्छन् तिम्रो रूप ।
– लालझोडा-४, झापा,
हालः दोहा कतार
(स्रोत : कान्तिपुर कतार– अङ्क– ज्१३५, शनिबार, २०६७ मंसिर २५)