कविता : समय–सत्ता

~प्रमोद धिताल~

कठोरभन्दा कठोर
तानशाहभन्दा पनि क्रूर
धेरै कठोर छ समय–सत्ता
पुरिन्छन् जसको प्रवाहमा
पुरिनै नसकिएका घाउहरु
ढल्छन् जसको प्रहारमा
अकल्पनीय महलहरु

पग्लिन्छन् मैनझैं
दम्भका पर्खालहरु
विजयमा फेरिन्छन् पराजयहरु
पराजयमा फेरिन्छन् विजयहरु
धुलिसात हुन्छन्
क्रूरभन्दा पनि क्रूर
बादशाहका आसनहरु ।

समय सत्ता
यस्तो बलवान सत्ता हो
जसको ब्ल्याकहोलभित्र
समाहित हुन्छन्
बाँकी जम्मै सत्ताहरु ।

२०६७ फागुन

(स्रोत : PraLeSh – Dang)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.