संहार गर्न सजिलो छ किन निर्माण गरुन् ?
हल्ला गर्न मजा आउंछ किन तपस्या गरुन् ?
भाषण गरेर फसाउन सकिन्छ किन चिन्तन गरुन् ?
रिमुट दबाएर नचाउन सकिन्छ किन स्वयं झरुन् ?
डलरका डलर ऐड आउंछ भने किन विकाश गरुन् ?
लड्नमै फाइदा छ भने किन सम्झौता गरुन् ?
हत्याको राजनीति फापेको भए किन चुनाव गराउन् ?
आन्दोलन गर्नेको माग पूरा गरी किन लोकप्रिय होउन् ?
राकेश कार्की
विन्डसर विश्वविद्यालय, क्यानाडा
Issue : 2006
(स्रोत : Pardesh.com)