~राजीब नन्दन कर्माचार्य~
एउटाले अर्को नेपालीलाई मारेर केहि पाउदैनौ
मेची काली झै बगेको रगत हामी त हेर्न सकदैनौ
बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ
एउटा नेपाली मरे यहां अर्को नेपाली रुनेछ ।
धर्तिमा हाम्रो लासमाथि लासको थुप्रो यो मान्छे मान्छेको
गोली र बारुद चलाउन रोकौ दाजुभाई दिदी बहिनी हो
बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ
एउटा नेपाली मरे यहां अर्को नेपाली रुनेछ ।
सुन्दर शान्त हाम्रो देश दिनदिनै अशान्त बन्दै गयो
आपसमा हामी लडेर मर्नु नेपाली बीरको दुभाग्य हो
बन्द गरौ हत्या र हिंसा जीउने सबैको अधिकार छ
नेपाली नेपाली लडेर यहां नेपाल युद्ध जित्दैन ।
(स्रोत : रचनाकार स्वयंले माथि ‘नयाँं रचना पठाउनुहोस्’ बाट पठाईएको । )