समीक्षा : साहित्यमा विचार र कला

~राहुल पुन~

विचार र कलाको संयोजन साहित्य हो। एउटा साहित्य बन्न विचार र कला दुवै पक्षको विशेष महत्व रहन्छ। विचार विना कला र कला विना विचार हुनै सक्दैन। हरेक रचनाकारले कुनै पनि साहित्यको रचना गर्दा कुनै न कुनै विचारलाई अंगाल्नैपर्छ। त्यो विचार प्रस्तुत गर्न कुनै न कुनै कलाको सहयोग लिनैपर्छ। यसरी एउटा साहित्य बन्न विचार र कला दुबैको उचित मिलन हुनुपर्छ नत्र साहित्य कुहिरोको काग बन्न पुग्छ। यदि विचार बलियो र कला कमजोर भएमा वा साहित्यमा विचार पक्ष बढी भएमा साहित्य नभइ एउटा सिद्धान्तवाद वा दस्तावेज बन्छ भने यदि कला पक्ष बलियो र विचार पक्ष कमजोर भयमा खोक्रो बस्तु वा निष्प्राण साहित्य बन्छ। त्यसैले विचारमा दमनको र कलामा स्वतन्त्रताको मेलमा विशेष ध्यान दिन जरूरी हुन्छ। त्यो नै साहित्यकारको प्रतिभा हो र यस्तो प्रतिभा सबै व्यक्तिसँग हुँदैन।

साहित्य र कला मानव सभ्यताको अभिन्न अंग हो। मानव समाजको उत्पत्ति सँगै साहित्य र कलाको पनि उत्पत्ति र विकास भएको हो। समाज र राज्य व्यवस्था बदल्न साहित्यले पनि महत्वपूर्ण भूमिका खेल्छ। खासगरी आदिम साम्यवादी कालदेखि अहिलेसम्मको इतिहासलाई हेर्दा साहित्य सामाजिक,आर्थिक, राजनैतिक, सांस्कृतिक व्यवस्था भन्दा टाढा रहन सकेन र सक्ने कुरा पनि भएन। अनि साहित्यले समय सापेक्ष आफूलाई बदल्दै आइरहेको छ। आदिम साम्यवादी कालपछि जव दास व्यवस्था आयो, त्यतिबेलाका साहित्यिक रचनाहरू दासमा लिकहरूको गुणगान गाउनमै सीमित हुन्थे। त्यसपछि जब सामन्तवादी व्यवस्था आयो। त्यसकालमा पनि खासगरी सामन्ती राजा महाराजाको भक्तिभाव गर्ने खालका साहित्यको सिर्जना भए। यही कालमै सामन्ती राज्यव्यवस्था टिकाउनकै निम्ति जब धर्म, कर्म, नीति, नियम, राज्यसरकार जस्ता विभिन्न संयन्त्रहरू बन्न थाले। तब साहित्यिक रचनाहरूमा पनि स्वर्ग, नर्क, नीति, उपदेश, लडाई, झगडा, भत्तिभाव जस्ता विषयहरू समेटिन थाले। कर्मभन्दा धर्ममा तथा ठूलावडाको चाकडी गर्ने र मनोरञ्जन दिने खालका साहित्य हुन्थे तर परिवर्तनशील समयले जब पूंजीवादी व्यवस्था कोल्टो फेर्दै गर्दा साहित्यले पनि पूंजीपति हुने खानेहरूको गुणगान गाउन व्यस्त तथा मख्ख छ, पैसा नै सबथोक ठानिएको छ सबै पूंजीको पछाडि दौडिरहेको बेला साहित्यिक रचनाको विचारहरू पनि पैसाकै निम्ति दौडिरहेको छ।

तर पनि साहित्यिक रचनाहरू ाली राज्यसत्ताका मालिकहरूको गुणगान गाउनमा मात्र सीमित छैन। ज्ञान विज्ञानमा भएको तीब्र परिवर्तन, मानवीय अनुभव तथा चेतनामा भएको परिवर्तन, स्वयं सामाजिक परिवर्तन तथा विकासले गर्दा शोषणका रूपहरू बुझ्न थाले र अन्याय अत्याचारको विरूद्ध संघर्ष गर्न थाले र विस्तारै समाजको आमूल परिवर्तनको पक्षमा पनि साहित्यिक रचना आउन थाले। जसरी समाजमा दुई वर्गको उत्पत्ति भयो तब साहित्य र कला पनि दुई वर्गमा बाँडियो। यथार्थ र प्रगतिशील, प्रतिक्रियावादी र प्रगतिवादी। त्यसो त अहिलेसम्मको साहित्यिक इतिहासमा रसवाद, अलंकारवाद, रीतिवाद, आदर्शवाद, स्वच्छन्दतावाद, प्रकृतिवाद, उत्तरआधुनिकवाद जस्ता अनेकौं साहित्यिक सम्प्रदाय जन्मेका छन् तैपनि यी सम्पूर्ण बादहरू यो वा त्यो रूपमा दुई ध्रुवमा बाँडिनैपर्छ प्रतिक्रियावादी वा प्रगतिवादी धारमा।

प्रतिक्रियावादी साहित्यिक रचनाहरूले शोषणलाई बढवा दिन्छ। प्रतिक्रियावादी राज्यसत्तालाई टिकाइरहन चाहन्छ र राज्यसत्ताले थोपरेका अन्याय, अत्याचार र शोषण दमनलाई जायज ठहर्‍याई आफूहरू पनि शोषित पीडितहरूलाई शोषण गरिरहन्छ। यस धारको मूल ल73य यथास्थितिमै रूमल्याइ आफ्ना शोषणको पहुँचलाई जोगाई राख्नु हो। तर प्रगतिवादी साहित्यले समाज र राज्य व्यवस्थालाई आमूल परिवर्तन गरी शोषितहरूलाई शोषणबाट मुक्त गर्न चाहन्छ। यसको मुख्य उद्देश्य हरहमेसा समाज बदल्ने र परिवर्तनको पक्षमा उभिने हो।

हाम्रो साहित्यिक बाटो भनेको प्रगतिवादी साहित्यको बाटो हो। प्रगतिवादी साहित्यको जग मार्क्सवादी दर्शन हो। यसको बारेमा कुनै ठोस परिभाषा मार्क्सले नदिए पनि मूल आधार मार्क्सवादनै हो। यसले वर्गसंघर्षमा विश्वास गर्छ। समाजमा शोषक र शोषित दुई वर्ग हुन्छन्। शोषकहरू जसरी हुन्छ शोषण गर्न चाहन्छ भने शोषितहरू शोषणबाट मुक बन्न चाहन्छ। यही दुईवर्गबीच निरन्तर संघर्ष चलिरहन्छ, परिणामस्वरूप समाज र राज्य बदलिइरहन्छ। यसरी जहिले पनि प्रगतिवादी साहित्यक रचनाहरू शोषित पीडित वर्गको हतियार बन्नु पर्छ। समाजमा रहेका शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचारका विरूद्ध गरिब, दुःखी श्रमजीवी मजदुरवर्ग तथा सर्वहारा वर्गलाई सचेत र संगठित गर्दै समानतामूलक समाजको निर्माण गर्नु प्रगतिवादी साहित्यको मुख्य काम हो।

जब प्रगतिवादी साहित्यको उदय भयो तब यसभित्र पनि विभिन्न विकृतिहरू जन्मेका छन्। एउटा पक्ष जो वर्गसंघर्षलाई तिलाञ्जली दिइ आमूल परिवर्तन धेरै टाढाको विषय बताइ यही राज्यसत्तामा गई टालटुले सुधार गर्नुपर्ने रचनाहरू सिर्जना गर्छन्। बाहुबल वा प्रतिस्पर्धाको आधारमा समतामूलक समाजमा पुग्ने कल्पना गर्छन्। यिनीहरू नाममा प्रगतिवादीसँग व्यवहारमा प्रतिक्रियावादीसँग नजिक रहन्छन्। यो धारका साहित्यकारहरूले सत्ताको रस्वादन पनि गरिरहन्छन्। परिवर्तनको आशा पनि देखाइरहन्छन्। यसर्थ यिनीहरूका रचना ढुलमुल खालका हुन्छन्। अर्को पक्ष जो सधै आमूल परिवर्तनका चर्का कुरा गर्छन्। यिनीहरूका रचनाहरू शान्तिपूर्ण परिवर्तनलाई बेवास्ता गर्ने र परिस्थितिको सही मूल्यांकन गर्न नसकि छिट्टै परिवर्तन गर्नखोज्ने खालका हुन्छन्। र व्यवहारमा प्रतिक्रियावादीलाइ फाइदा पुग्ने काम हुन्छ। परिवर्तनलाई अझ पछाडि धकेलिन्छ। बेलाबखत नरम तथा मझधारका साहित्यिक रचनाहरू आउँछन्। यो पक्षले सस्तो लोकप्रियता कमाउन एकताको विचार त ल्याउँछ अन्ततः अन्य धार वा पक्षमा विलिन हुनैपर्छ। यो लामो समय रहन सक्दैन।

प्रगतिवादी साहित्यको मूल धार वा सच्चा प्रगतिवादी साहित्यकारहरू न त कहिल्यै थाक्छन र वर्गसंघर्षलाई तिलाञ्जली दिइ परिवर्तनको मूल मर्मलाई भूल्छन् न त कहिल्यै समय परिस्थितिलाइई उछिन्दै चाँडै परिवर्तन गर्न हतारिन्छन् र सीमित उपलब्धीहरूलाई पछाडि धकेल्छन्। यो पक्षका रचनाहरू सधै आमूल परिवर्तनको पक्षमा र समय, समाज र परिस्थितिको सही विश्लेषण र उचित निर्णयका जगमा रचिएका हुन्छन्। प्रगतिवादी साहित्यको मूलधार बाहेकका अन्य साहित्यिक रचनाहरूमा परिवर्तनको तीब्र चाहना त हुन्छ तर प्रगतिवादी साहित्यको मूल आत्मालाई पक्रन नसक्दा जतिसुकै त्याग, तपस्या, बलिदान गरेपनि वास्तविक समतामूलक समाज निर्माण गर्न असम्भव हुन्छ। यसर्थ दुई चारवटा प्रगतिशील रचना सिर्जना गदैमा प्रगतिवादी साहित्यकार भन्न मिल्दैन प्रगतिवादी साहित्यकार बन्न वर्गीय दृष्टिकोणसँग सम्बन्धित छ। त्यसैल त साहित्यकार धेरै बन्छन्। तर सच्चा मार्क्सवादी प्रगतिवादी साहित्यकार बन्ने अवसर थोरैले पाउँछन्।

यसरी साहित्यमा विचारहरू सधै समाजको आमूल परिवर्तनको पक्षमा हुनुपर्छ। वर्तमानमा रहेका खराबीपक्षलाई सुधारी समतामूलक समाज निर्माण गर्ने खालका विचारलाई समेट्नुपर्छ। पाठक तथा जनताको चेतनास्तर बृद्धि नै साहित्यिक विचारहरू केन्द्रविन्दु बन्नुपर्छ। साहित्यिक रचनाहरू पढी सकेपछि केही नकेही परिवर्तन हेास् र चेता पलाओस् अनि साहित्यका अनेकौं विधाहरू छन्। ती विधाहरूमा पनि नयाँ–नयाँ शिल्प र शैलीको प्रयेागले गर्दा पढ्न रोचकता थप्छ। तर यसो गर्दा जटिलतालाई पनि ख्याल गर्नुपर्छ। जसले गर्दा सामान्य पाठकले पनि पढ्न र बुझ्न सकुन्। तसर्थ साहित्यमा विचार र कला पक्षलाई विचार पुर्‍याउनुपर्छ।

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक १३ – २०६७ फागुन ४ गते, बुधबार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.