~टोष्ट राज क्षेत्री~
हाम्रा बाजे – गोठ मै बस्थे रे ,
निकै स्वस्थ थिए रे ,
शुद्ध दुध, दहि घ्यू महि सहित ,
कहिले कहिँ घर आउथे रे ,
अनि घर को दाल-चामल पोको पार्दै,
फेरि गोठै धाउथे रे ,
मेरो बाउ ,
कहिले काही गोठ जान्थे रे .
गाइ – भैशी संगै रमाउथे रे ,
खशी-बोका संगै खेल्थे रे ,
एउटा ठुलो खशी थियोरे,
तेसैको घोडा चढ्थे रे ,
मलाइ पनि –
त्यो गोठ हेर्ने रहर थियो ,
तर समय ले अर्कै रुप लियो ,
बाजे – बितेछन, बाउ ले जागिर खाएछन ,
अनि मलाइ बिसुद्ध गाउले बाट
शहरिया बन्न सिकायेछन,
आज त म –
शहरको नक्कली दुध-दहि-घ्यु -महि ,
र दाल चामल खान बाद्ध्ये भएको छु
आफ्नो र परिवारको स्वास्थ्य बिगारी रहेको छु ,
अनि पटक-पटक डाक्टर को मा
धाई रहेको छु /
– टोष्ट राज क्षेत्री
(स्रोत : नेपाली साहित्य संग्रहालयको फेस्बुक पेजमा कविद्वारा प्रेसित )