~राजेश नेपाली~
तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा’छ
घर गाउँ देश सबै लथालिंग बेहाल भा’छ
बुढा बाबा असी पुगे आमालाई दमले गाल्यो
तिमीलाई सम्भि्क रून्छन् आँसुको नै ताल भा’छ
तिम्री प्रिया बाटो कुर्छिन् छोरो बाबा खोइ भन्छ
तिमी प्रदेश पसेको सम्झ कति साल भा’छ
नेताहरू दिनदिनै कुर्सी खेलमा मस्त भा’छन्
रहन्नकी देशै अब यहाँ धेरै जाल भा’छ
भ्रष्टचारले सिमा नाग्यो महंगीले आकाश छोयो
देश बचाउन फर्क अब गरीबी नै काल भा’छ।
तिम्रो घरको खर्को छानो चुहिएर आहाल भा’छ
घर गाउँ देश सबै लथालिंग बेहाल भा’छ
खाँचीकोट–२, अर्घाखाँची
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३७ – २०६७ श्रावण १९ गते, बुधबार)