~मेख ब थापा~
वास्तबमा भनौ भने स्वार्थि बस्ने शहर
अरुलाई मारि–मारि इच्छा पुरा गर्ने शहर
इच्छा आकांच्छा पुरा गर्ने शहर
चोली बेच्ने चोली किन्ने खुल्ला त्यो शहर
दिन ढल्छ रात ढल्छ न ढल्ने शहर
गरिब जल्छ धनि पल्छ न जल्ने त्यो शहर
मन मोहक फूल जस्तो रंगीन त्यो शहर
ढल मल फोहोर जल पल्ने त्यो शहर
धनी बस्ने धनै धनमा गरिब बस्ने रोडमा
धनी हिड्ने चिल्ला गाडी गरिब किचने मोडमा
राजा बनि रंक पाल्ने तर स्वतंत्र भन्ने
दुईको चार चारको आठ आठको बत्तिस तर व्यापार भन्ने
निती बन्ने निती चाल्ने निती तोड्ने शहर
त्यसैले वास्तबमा भनौ भने स्वार्थि बस्ने शहर
मतलबियौका शहर !!
(स्रोत : कवि स्वयंले संग्रहालयलाई पठाईएको । )