पेरिस ” गाउले ” जन्मदै आफुले ३ ( तीन ) किसिमका ऋण लिएर आयको बताउथे ! तिहुन पितृ,देब ,ऋषी,मनिसले जन्मदै यो तीन ऋण बोकेर आयको हुन्छ ! यो पुरा गर्न नसके मानिसको जिवन सफल हुदैन भन्ने उनको धारणा थियो ! मेहनती , इमान्दर , सहयोगी र धर्मिक आस्थाका उनी सबैका प्रिय थिय ! दु:ख सुखले एक साधारण नोकरी गरी काठमण्डौमा आफ्नो परिबार सँग जीवन बिताइे रहेका थिय ! देशको स्थिती द्वन्द तिर उन्मुख भाईरहदा उनले आफ्नो असुरक्षा
महसुस गरी बिदेश भासिन बिवस भए ! अनेक दु:ख गरी परिवारलाई पनि बिदेशमा झिकाय ! पर्देसको ठाउँ भाषा ,रहनसहन बुझ्न केही समय लागे पनि बिस्तार सबै ठीक हुँदै गयो ! बच्चाहरु पनि ठुला हुँदै गए र एक दिन सबैको मास्टर डिग्री सकियो ! एक दिन उनको नोकरी छुट्यो र उनी परिवारका अन्य सद्स्यको भरमा जिउन पर्ने भयो ! बिस्तार बिस्तार दिनहरु गुज्रदै थिय ! काम नभए पछी समय काट्न फेस बुक चलाऊथे , घरको काम गर्थे ! फेस बुकमा आफ्ना श्रीजनाहरु कविता ,गित , कथा आदी पोस्ट गर्दथे ! उनका लेख पढेर एक महिला साथी उनी सँग नजिक भयर कुरा गर्न लागिन ! उनलाई बहिनी बनए र दाजु बहिनिको घनिस्टता बढदै गयो ! बेला बेलामा फोन मा पनि कुरा हुनथाल्यो ! उनी पनि एक मिठो स्वोरकी धनी गाइका भयको हुँदा यि दुबैको एक आपसमा सुमधुर सम्बन्ध रहन कुनै गर्हो बिषय बस्तु थियन !
पेरिस ” गाउले ” को परिवार सँग दिन प्रतिदिन मन दुख्न लाग्यो ! कहिले के त कहिले के सानो तिनो कुरामा बिबाद आउँदा उनी निकै दुखित बन्दै गए ! मनको कुरा कसैलाई नकह ! उनी एकान्तमा बसेर टोलाउने सिवाय केही गरेनन ! न त बहिनी लाई भने न साथी भाईलाई भने ! एक दिन श्रीमतीले नराम्रो सँग भनिन तर पनि उनिले केही मुख नफर्काइ सुनिरहे ! यो पनि अर्को ऋण रहेछ भनी सम्झे ! मन धेरै दुखेको हुँदा कसैलाई केही नबोली बाहिर निस्के ! एकान्तमा पुगेर धेरै बेरको सोच पछी बहिनिलाई म्यासेज लेखे “अलबिदा – यो जीवनमा ! भेट होला नहोला अर्को जनममा ,गल्ती कतै भए माफ दिनु मैले शान्ति पाउने थिय मेरो मृत यात्रामा ” !
यती लेखी आत्म ह्त्याको योजना बनाउन लागे ! एकान्त जङगलको ठुलो रुखमा पाँसो तयार गरे ! अन्तिम एक पटक फेरी सबै आफन्तलाई सम्झे ! कतै त्यो मनले बाॅच्ने सम्झौता गर्न सकेन र निधो गरे संसार छोड्ने ! अन्तमा याद आयो यमराज लिन आएको भए तेरो अन्तिम इच्छा के छ ? भनी सोधने थियो ! उस्लाई थाहा नदीएर मर्न लागेको हुँदा एक पटक आफ्नो मनलाई सोधेर मर्न पर्यो भनी बिचार गरे ! उनलाई आफुले लेखेको गीत बहिनिको सुमधुर आवाजमा सुन्ने मन जाग्यो ! तुरुन्त फोन लगाय र सबै भने बहिनी डाॅको छोडेर रुन लागिन ! सम्झाउदै भन्नलागिन तपाईं मरे तपाईं को गर्भ भित्रको साहित्य मर्नेछ ! मेरो आवाज बन्द हुनेछ यो संसारले मेरो आवाज कही भेट्ने छैन म संसार बाट धेरै टाढा हुनेछु ! यती सुनी नसक्दै उनिलाई सम्झाउन मुस्किल भयो ! तुरुन्त एक कविता सुनाए – माइतीलाई सम्झी नरुनु चेली म लिन आउँदैछु ! चेलीलाई तिजको बेला माइती प्यारो ! माइती राजालाई तिहारको बेला चेली प्यारो ! यती भनी सक्द्दा दुबइको मन बदलियो ! एक्कसी मौसमा परिवर्तन भए जस्तो भयो ! दुबैले लामो कुराकानी गर्दै नबजीवन सुरुगर्ने वाचा गरे !
– राज थापा
लिम्रीक , आयरल्याण्ड !
(स्रोत : रचनाकारले kritisangraha@gmail.comमा पठाईएको )