~प्रतिमा के.सी~
प्रकृतिका फुल पनि फुल्दा फुल्दै झरेको देखें मैले
चाहे पनि अजम्बरी अल्पायु मै मरेको देखें मैले
दुखद दृश्य के देखेथें भावविभोर भए म पनि
हाँस्य कलाकारले सबेरै आँसु छरेको देखें मैले
जानु त छदै छ मान्छे एकदिन तर चित्त बुझ्दैन
दैबको निर्मम बज्र उनलाई परेको देखें मैले
लाउँला खाउँला बसुँला भनि सजाएको घरबार
चटक्कै छोडी प्यारो शरीर अन्तै सरेको देखें मैले
धैर्यधारण शक्ति मिलोस आफन्तजन सबैलाई
बिछोडमा रोइ कराई बिलौना गरेको देखें मैले
हरे ! त्यो निस्ठुरी कालले बसाउँदै छ कुन शहर
असल मानिसहरुले नै स्वर्ग भरेको देखें मैले
(बरिष्ठ हास्यकलाकार हरिबंश आचार्यकि जीबन संगिनी मीरा आचार्यको असामयिक निधनमा रचित )
बेलायत
२२ अप्रिल २०११
(स्रोत : DCNEPAL.com)