~सुन्दरनाथ भावुक सुनिल~
यो बाटोले सोध्छ तिमी कता जाने हो ?
मैलेपनि भनिदिएँ जता तिम्ले लाने हो
यात्रीहरु धेरै छन् यहाँ गन्तब्य नपाएका
नियतिले पनि भन्छ दुख कति खाने हो ?
समय जतिको बलवान अरु केछ र यहाँ
दुख पछी सुख त आउँछ तिम्ले माने हो
बाँच्न त सबै बाँचेकै छन यहाँ रित्तिएर
जिन्दगी त यौटा संघर्ष तिम्ले ठाने हो
अडिएको शितको थोपा पातमा भर हुन्न
सुन्दर जीवन नदेख्ने कस्तो त्यो काने हो //
(स्रोत : Fyangkhola )