तिमी आएकी थियौ…
त्यतिखेर मलाई जिन्दगी ले
ओरालो झारीरहेको थियो
मृग ले हरिण लाई खेदेको जसरी
ओरालै ओरालो भाग्दै थिएं
तिमी ठ्याक्क आयौ!
म टक्क रोकिएँ…
म पछारिंदै थें, लड्दै थें
हात दियौ मलाई उठायौ
फेरी लड्न खोजें
फेरी समात्यौ यि हातहरु……!
तिमी आएकी थियौ…
त्यतिखेर प्रेम को नाटक मञ्चन हुँदै थियो-
म पनि मञ्च तिर जाँदै थिएं
तिमीलाई आमन्त्रण गरेको थिएं
नाटक को पात्र बनाउन को निम्ति
मैले ठानेको थिएँ-
प्रेम एउटा नाटक को शिर्षक हो।
तर तिमीले जुन निस्वार्थ भुमिका निभायौ-
म नतमस्तक भएँ, बाध्य भएँ…
घृणित रङ्गमञ्च देखी
बाहिर निकाल्न तिमीलाई
नत्र त आज सम्म खेल्दै हुन्थे होला नाटक…….
जोकर बनेर,
हाँस्दै हुन्थे होला सबै मलाई देखेर…!
तिमी आएकी थियौ…
मैले देखाउन खोजीन दुनियाँलाई
मेरो प्रेम देखाउन को निम्ति थिएन
तिम्रो सुन्दरता आँखा ले होइन मन ले देखेको छु-
आफ्नै मन र मुटु झिकेर देखाउन पर्ने जरुरी थिएन-
कतिले प्रेम वियोगी
कतिले साधु-सन्तको संज्ञा दिए
तर-
म के हो मैले आफैलाई बुझेको थिएँ
म सँगै थियो तिम्रो प्रेम….
कैले आफू रोएं, कैले रुवाएं तिमीलाई
तड्पिएं र तड्पाएं पनि
ठाकठुक त कति हो कति
राम्रा कुरा मात्रै होइन
कमजोरी पनि स्विकार्य थियो
माया को दियो मन देखी बलेको थियो
दियो मा तेल विश्वास को हालेका थियौं।
तिमी आएकी थियौ…
झण्डै आधा दशक बितेछ
माया जोड्नु भन्दा यसलाई बचाइराख्नु
माया गरिरहनु कठिन हुन्छ
यहि मुस्किल र कठिनाई को
मलाई ज्ञान र पाठ सिकायौ
भविष्य के हुन्छ म यसै भन्न सक्दिन्
वाचा गर्दिन र कसम खाँदिन्
वाचा-कसम त आत्म कमजोर हुनेहरुका लागी हो
आफैँमा विश्वास नहुनेहरुका लागी हो
तिमीले त मलाई आत्मबल दियौ
आत्मबोध गरें, आत्मशक्ति पाएँ
बाँच्ने कला सिकायौ
दुख मा हात समात्ने सुख मा छोड्ने
म अवसरवादी र स्वार्थी कदापी होइन
यदि तिमीले हात छोडेपनि
बाँचिरहन्छु तिमीले दिएको आत्मबल लिएर-
आत्मिक खुसी बाट मिल्ने आत्मसन्तुष्टि
यस भन्दा ठुलो केहि छैन।
अ साँच्ची तिमीलाई थाहा छ?
हामी सानो छँदा मैले तिमीलाई
ठुलो साईकल बाट लडाएको थिएँ
तिम्रो हात समातेर उठाएको थिएँ
यदि भोली मलाई जिन्दगी ले
त्यसरी नै
लडाइदियो भने-
मेरो हात समातेर उठाउनु ल……!
(स्रोत : Fyangkhola )