कथा : सचिवको करामत

~जयदेश श्रेष्ठ~Jayadesh Shrestha

पशुपतिनाथको दर्शन पछि गेटमै साथी भेट भयो । ओ हो के छ है, तिम्रो हाल खबर ?( बुद्धिप्रसादले ढाप मार्दै साध्यो नरम प्रसादलाई) के हुनु म त आजित भए । खै स्थानीय चुनाव पनि कहिले हुने हो ? किन चाहियो चुनाव सुनाब बुद्धि प्रसाद रंन्कियो । काम गर्न सार्है गा–हो भयो । घरमा बसे पनि सुख छैन । अफिसमा पनि सुख छैन । हैन त्यस्तो के परयो तिमीलाई, हामी दुवैको काम एउटै हो । (अचम्म मान्दै बुद्धि प्रसादले सोध्यो ) घरमा बस्दा नि, ए सचिव मेरो फलानो सिफारिस लिनु छ, आज अलि चाँडो आउनु भनेर सबैले मोबाईलबाट थर्काउँछ । अफिस गयो सबैतिर फोहरै, फोहर हुन्छ । सफा गर, खाने पानी सफा भएन गा.बि.स.मा पनि यस्तो पानी राख्ने हो ? भनेर कराउन्छन् सबै । बजेट छैन आफ्नै पैसाले मिनिरल वाटर किनेर राख्नु पर्छ । घरमा श्रीमती छोरा छोरी खर्च बर्च पुगेन भनेर हैरान गर्छ । के गर्ने …म त मरु कि बाँचु भएको छ । त्यसैले जे पर्छ पर्छ भनेर दुई, चार दिन दुल्न निस्केको पशुपतिनाथको दर्शन गरेर फर्केको तिमीसँग भेट भयो । मैले आफ्नो मिल्ने साथी भएर तिमीलाई यो कुरा भनेको के गर्ने ? (रुन्चे स्वरमा नरम प्रसाद बोल्यो ) अब तिमी कहाँ जान्छौ त …… । खै कता कता ……..लौ मसँग हिड दुई दिन । आज शनिवार घरमा नै जाउँ भनी घर लिएर गयो नरम प्रसादलाई ।

पेप्सीकोलाको फाँटमा कम्पाउण्ड घेरेको घर गेटमा “ सचिव, बुद्धि प्रसाद नेपाल निवास ”( तीन छक प–यो नरम प्रसाद ) भित्र जान लाग्दा जर्मनी सेफर कुकुरले भुक्यो । नरम प्रसाद डर मान्दै अघि बढयो । भित्र दुलही झै सिगारिएर बसेकी महिलालाई … हेर मेरो मिल्ने साथी मैले सरुवा मिलाएको भनेको उसैसँग हो । उसको ठाउँमा म र मेरो ठाउँमा ऊ गएको हाम्रो काम एउटै हो । पशुपति दर्शन गर्न आएको रहेछ । गेटमै भेट भयो, मैले जब्बरजस्ती पाहुना मान्न ल्याएको, ल राम्रो बन्दोबस्त गर्नु । हवस् भनी बुद्धि प्रसादको श्रीमती भित्र लागि । शनिवारको दिन मिठो परीकार खानदानी सत्कारका साथ बडो आनन्दले आजको दिन बित्यो । एउटै पोष्ट साथीको प्रगति र आफ्नो दुर्गतीले राम्रो ओछयान भएर पनि रातभर निद्रा लागेन नरम प्रसादलाई ।

आईतवार साथीलाई आफ्नो कार्यालय लिएर हिडयो । दुवै मोटरसाईकलमा गफ गर्दै । बुद्धि प्रसाद बोल्यो चुनाब भयो भने बर्वाद हुन्छ हाम्रो पावर सबै चट्ट । सभासदहरूले पांच करोड माग गरेर सबै खर्च उनीहरूले नै गर्ने हो भने,हाम्रो काम के ? चुनाब किन गर्नू प–यो । उनीहरूले नै चलाए भै हाल्यो, उनीहरूकै भयो देश । आक्रोश पोख्यो । देशको नाली बेली सुनायो बाटो भरी । गा.बि.स. कार्यालय पनि आई पुग्यो । नरम प्रसादलाई सचेत गरायो । तिमी चुप लागेर हेरी बस्नु, कुनै कुरा नबोल्नु, आफ्नो काम कुरा केही नखोल्नु बुझ्यौ । नरम प्रसादले टाउको हल्लायो ।

गा.बि.स. कार्यालयमा हाकिमलाई पर्खे झै लाम लगाएर पर्खिबसेको छ । काम परेकाहरू, नमस्कार फर्काउन्दै माथि चढयो । अफिस कोठामा पुगेर सहायक अस्थायी दरबन्दी स्थानीय केटाले सबै काम ठिक पारेको रहेछ । आजको काम के छ ? केटाले बोली बिस्तार लगायो, पहिलो काम पांच दलको मिटिङ्ग छ । खुला दिशा मुक्त क्षेत्र घोषना गर्ने बारे । अरु कामहरू सबै मैले मिलाइसकेको छु । सही गरे पुग्छ हजुर । ल हुन्छ भनेर यता उता घुम्दा घुम्दै मिटिङ्गको समय भयो । भित्र पसेर सुरु गर्दा ११ बजे सुरु गरेको मिटिङ्ग २ बजेतिर सकियो । मिटिङ्ग सकेर कान्तिपुर, गोखापत्र, साप्ताहिक र स्थानीय पत्रिकाहरू सबै केलाएर हेर्दा ३ बज्यो । खाजा साजा खाँदा ४ बज्यो । बल्ल कामतिर चासो देखायो । फाईलहरू यसो हे–यो । कहाँ कुन बिग्रेको छ । नपुग के छ, फोटो नटाँसेको, नागरिकता फोटो कपि नभएको सबै पाखा लगायो । कुनै पनि सही गर्ने छाँट देखाएन । ५ बजेपछि होइन सबै मैले नै हेर्नु पर्ने निबेदन त्यति पनि लिलाएर ल्याउन्दैनन् । मैले के मात्र गर्ने ? मेरो आज पाहुना आएको छ । बिचरासँग बोल्न समेत फुर्सद भएन । ल भोलि गरौला भनी जान खोजे । होइन सर आज जसरी भए नि गरी दिनु होला । नमस्कारको ओईरो लाग्यो । हैन अफिस समय सकियो, हैन हामीलाई सधै यही गा.बि.स.मै बास बस्नु पर्ने भयो बा…. । पाहुना आउदा समेत फुर्सद भएन । वहाँलाई खानपिन समेत गर्न भ्याएको छैन । हैन सचिवज्यू केही दुख गरी दिनु परयो । हजुरको पाहुना हाम्रो पनि त पाहुना हुन नि त हामी हेर बिचार गरौला । हजुरले यति काम सकिदिनु होला ( दुख मनाउ गरे जनताहरूले ) । खै जनताको काम हो । अफिस समय सकेर पनि दुख गर्नू परयो ल है बिचार गर्नू (सहायकलाई इसारा ग–यो) ।

खल्तीबाट एक टुक्रा सुपारी निकालेर मुखमा राख्दै बोल्यो के गर्ने नखाईकन त काम नै गर्न सकिन्दैन बानी परयो । अँध्यारो कुनामा बसेर दनादन सही गर्न थाल्यो । हरेक फाईलमा पाँच पाँच सयका एक एक वटा नोट । काम सकेर हतार हतार साथीलाई लिएर हिडयो मोटरसाईकलमा । के गर्ने साथी सोझो औलाले ध्यु आउँदैन, डरायो भने थर्कायो । बुद्धि पु–याएर बुद्धि प्रसाद भएको छु म । साथीलाई रत्नपार्क पु–यायो । छुट्टीने बेलामा ल साथी आजको कमाई साथीलाई पनि नछुट्टयाउ पाँच पाँच सयका ६ वटा नोट खुसुक्क हातमा थम्याँयो । साथी मोटरसाईकल चढेर हुईकियो । नरम प्रसाद हातको पैसा हेरेर टोलाएर बस्यो ।

August 22, 2014

(स्रोत : Sahityasansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.