~प्रकाश आर. पाण्डेय “अपरिचित”~
त्यो नज़रमा नज़र जुधाउनेछु एकदिन
तिमीलाई म आफ्नो बनाउनेछु एकदिन
तर्की बस प्रिय तिमी सक्छौ जबसम्म
सपनीमा आइ सताउनेछु एकदिन
छैन भने विश्वाश मेरो यो मायामा
लेखि रगतको चिठी पठाउनेछु एकदिन
लुकी लुकी मधुवनमा खिचेका ति तस्विरहरु
समीप आइ तिमीलाई थमाउनेछु एकदिन
आऊ प्रिय छुट्टै संसार बनाउ हामी नत्र
जिवन्तलाइ संसारबाटै हराउनेछु एकदिन
– प्रकाश आर. पाण्डेय “अपरिचित”
रामनगर, भुमही नवलपरासी
हाल- सपनाको शहर मुम्बई
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुस्‘ बाट पठाईएको)