~राजन काफ्ले~
कल्पना सपना रैछ विपना सम्झि साँच्न थालें
सम्झना मृत्युमा रैछ जीवनमा सम्झि बाँच्न थालें
भाग्य खोटो छैदै थियो कर्म पनि कस्तो रुखो ?
विफलता गर्भमै कोरिएको नियतिलाई जाँच्न थालें
नशाले चुर सबै बेसुर गिलाँस भर्न मात्र ठिक्क
होशमै तर आँगन टेढो जग हँसाउन नाँच्न थालें
शासको आशमा भासिएरै लड्दै पड्दै भाग्दै हिंडे
गोमन अघी पर्नु रैछ हातको लठ्ठी भाँच्न थालें
(स्रोत : रचनाकारको ब्लगबाट सभार )