समयको गति सँगै, भेटिनु अनी छुट्टीनु
बिधीको बिधान नै रहेछ
मानब जन्मदै मृत्युलाई अङ्गालेको हुन्छ
अपरिचित थियौ, परीचितको रेखामा भावनाको साइनोले
हाँसी बोली स्वछ अटल हाम्रो पवित्र माया थियो
कती रमाईलो, हाम्रो आफ्नै संसार थीयो
त्यो संसारमा, हामी कती खुशी थियौ,
म आफुलाई अहो भाग्य सम्झिन्थे र तिमी पनि।
त्यो स्वर्ग जस्तो सुन्दर संसारलाई
राक्षसको हुलहरुले, आगो लगाई दियो।
त्यो आगोको भुमरी भित्र, जल्न पुग्यौ हामी।
जलेर खरानी खरानी भयो, यती सम्म कि;…..
न त तिम्रो नाम निसान नै भेटिओ, न त मेरो नै…..
तिमी त्यो खरानीसँग उडेर गयौ,
म बादल भित्र हराएँ ।
हामी दुई बिच असमानता थियो र त होला,
जिबन जिउनुको यो सास्ती,
अनी त दुखी रहन्छ
जिबनका केही अबसेषहरु ।
कल्पना तुम्रोक (हङकङ)
(स्रोत : Limbu Sansar)