टेकेर परदेशको माटो
झ्याम झ्याम
डवाङ डवाङ
ढोल झ्याम्टा सगै
नाच्दा किरात पहिरनमा
हल्लाउदै साकेवा पाइला
यस्तो लाग्छ
जुरुक्क जुरुक्क तालमा
नाचिरहेछ ताइमोसन
ब्यातिगत स्वतन्त्रको
दुहाइ सगै
केही महानु भावाहरु
किन नबनुन
आधुनिक धर्मलम्बी
किन नमिसिउन
समुन्द्रको नुनिलो पानीमा
मलाई
हिजो जतिकै
प्यारो लाग्छ
स्वर्ग बासी दिपाले
सिकाउनु भएको
साकेवा सिली
अनी
मेरै सम्झनाका
छाया बोक्ने
अरुण तमोर
मलाई विश्वाश छ
पुरानो बने पनि सबै कुरा
कहिल्यै पुरानो बन्दैन
सम्झना र सस्क्रिति
भोजपुर साङ्पाङ
हाल हङ्कङ
(स्रोत : Limbu Sansar)