कथा : मास्टरबाउ

~इसु के.सी.~Essu KC

सानो को कुरा त सम्झना भएन तर बुझ्ने भयए देखि नै म आफ्नो पढाई खर्च आफै जुटाएर पढ्न थाले घरमा भाई बहिनि हेर्नु ,पढ्नु मेरो दिनचर्या थियो | जब यस .यल .सी सम्म त् जेन तेन पढे तेस्पछी भने मलाई खर्च जुटाउन गार्हो भयो, कारण घर बाट लाई पढ्न लागि कुनै सहयोग थिएन | मेरो ममी म सानै हुदा यो संसार छाडेर जानु भयको रहिछ | म पढाई छाडेर भारत तिर जाने सोच बनाएको थिए | तेत्तिकै मा गाउले को अनुरोध मा गाउ मा नै बिधालय मा मास्टर भयको थ्य | तेती बेला गाउ मा पढेको मान्छे थिएनन र साना बच्चा हरु नि बिधालय पठाउने चलन थिएन | मुस्किल ले ८-१० जना मात्र बिधार्थी हुन्थे भने तेती बेला स्वास्थ्य र सरल जीवन यापन सम्बन्धि ज्ञान दिनु ठुलो कुरा थियो | गाउ मा ३ क्लास सम्म मात्र भएको ले धेरै जसो तेत्ति कै मा छुटाउ थिए ,छोरी ले त पढ़ननै हुदैन भन्ने चलन थियो | गाउ का विकास योजना देखि घरायसी काम काज चिठी लेखन ,पढन म आफै गर्द्थिए | तेसै त गाउ मा सबै जना मास्टर बाउ भनेर बोलौथिए | मलाई नि गाउलेको सेवा र गाउ मै जागिर भएको ले खुसि थिए | अहिले गाउ मा मेरो परिचय नै मास्टर बाउ भएको छ ,बिहान सबेरै गाउ डुल्नु कसैलाई अफ्ठेरो परेको छ कि केहि समस्या छ कि कोही बिमारी भयो कि मेरो नियमिता नै भएको छ | खासखुस गाउले का कुरा सुन्छु ^सायद मास्टर बाउ गाउ मा नभएको भए त अझै कति दुख हुन्थ्यो होला |

बिहे गरेको नि ६-७ वर्ष भइ सकेछ जेठो छोरा (ठुलो ),कान्छो (साने ),छोरी( कान्छी ) ,ठुले कि आमा अनि म गरि ५ जना को परिवार पाल्नु अनि गाउ सेवा गर्दै मा समय बितेको छ | मलाई गाउ ,सहर ,पारि -वारी ससुराली जता ततै केही समस्या भए मास्टर बाउ लाई बोलाउनु पर्छ भन्दथिए म नि बिना स्वार्थ जान्थिए आफुले जानेको सहयोग गर्दथे | ठुले कि आमा नि मलाई मास्टर बाउ भनेर बोलौथी | मलाई गाउ सेवा मा खटेको देखेर ठुलेकी आमा दङ्ग थि | म पनि बुझेकी श्रीमती पाएको मा दङ्ग छु | गाउ सभ्य भए देस सुध्रिने मा म ढुक्क छु | यति गर्दा गर्दै नि केहि गाउले हरु केहि अरु को कुरा सुनेर नराम्रो सोचाई राख्दथिए ,तर पछि कुरा बुझे पछि मात्र मास्टर बाउ आखा मा हाले नि नबिझाउने हुनुहुन्छ भन्थे | निस्वर्थ्य ,निडर ,गाउ सेवा मा खट्नु अनि मेरो जागिर ले मलाई पर्फुल्लित तुल्याएको छ | गाउ मा बिधालय खुलेको १०-१२ वर्ष पछि गाउ मा केही बिधार्थी संख्या बढेको छ | दिन रात गाउ को समस्या समाधान गर्नु प्रमुखता का साथ लिएको छु | यता ठुले ,साने,कान्छी गाउ बाहिर गएर को बिधालय जान्छन | गाउ बाट बाहिर पढ्न जाने को संख्या नि ३० पुगी सकेछ ,सबै लाई मैले नै क ,ख ,रा सिकायको घर बातावरण ले हो या के हो | छोरा छोरी पढाई मा राम्रै थ्य ,गाउका बच्चा हरु ८ क्लास पढे सके पछि कमाऊन् पठाउने चलन थियो कति प्रयास गर्दा ८-१० जना मात्र अगाडी पढ्न पठाऊथिए | अब त साने नि १० क्लास पढी सक्यो यसलाई कमाउन पठाउन पर्छ क्या | मास्टर बाउ तपाई को जागिर ले परिवार पालना धौ धौ भयो ठुले कि आमा भन्दथी मैले हुदैन जति पढ्न सक्छन पढाउनु पर्छ भनेर सहर मा पढ्न गएका छन् | कान्छी नि अर्को साल बाट उतै जान्छे घर मा बुडा बुडी मात्र ….

४ बजे बिधालय बाट सिधै पारि हर्के को अंश बंडा गरि दिएर आउदा राति ९ बजेको छ | ठुले कि आमा एक्लाई अगेना छेउ कुरेर बसेकी छ | केहि वर्ष अघि सम्म त घर कति रमाहिलो थियो छोरा छोरी बजार पढ्न गए पछि घर सुनसान भयको छ | यता गाउले हरु केहि मिठो मसिनो खाना तयार गर्दा मास्टर बाउ लाई जसरि पुराउनु पर्छ भन्थे | यता अझ मैले सपना मा जे देख्यो बिपना मा तेही राम्रा काम गर्ने भएको ले गाउले हरु मास्टर बाउ राम्रो सपना देख्न सुल्झौथ्य हुन् पनि खानेपानी ,बिजुली,चर्पी बाटो –घाटो, पाटि पौवा जस्ता काम गर्नु पूर्व सपना मा देखेको थिए त गरेको गाउलेहरु खेति बालि घर बनाउने सम्म का काम को सरसल्ला मै संग लिन्थे | मास्टर बाउ त यो गाउ को भगवान नै हो भन्छन् यसो भन्दा मलाई अझै काम गर्ने जोस आउछ | युवा क्लुब ,आमा समूह बनाइ समाज का काम हरु गर्न लगाएको छु | ओहो मास्टर जागिर नि २० वर्ष हुन लाएछ, ठुले नि जवान भयो उस संगै पढेका र मैले क ,ख ,रा सिकाएका केहि म संगै मास्टर जागिर गर्दै छन् म तेसै मा खुसि छु हुन त अरु ठुला अफिस मा पनि काम गरेका छन् | ठुले,साने ,कान्छी सहर मा जागिर गर्छन रे बुबा मोबाइल पठाएको छ तेसा बिहान ६ बजे घन्टी बज्छ उठने बेला भयो सम्झनु | अरु बेला हामी फोन गर्छौ,कुरा गर्न सजिलो हुन्छ हाम्रो सबै ठिकै छ चिन्ता लिनु पर्दैन | कान्छी ले चिठी र समान पठाएकी रैछ | अब गाउ का सबै जना मेरै घर आएर विदेश भयको छोरा छोरी संग गफ गर्दथ्य | पछि त गाउ मा घर घरै मोबाइल भए | पहिले -पहिले भाले को डाक संगै उठदथ्य अहिले मोबाइल को घन्टी सुनेर बिउझंछु ,,रेडियो नि तेही मोबाइल मा सुन्न मिल्न भएको ले मलाई अति सजिलो भएको छ ,,अब त बुडा बुडी भइयो यो ठुले को बिहा गर्दिन पाए हुन्थ्यो कि ,,ठुले कि आमा भन्दै छ ,,हो त ठुले लाई बेलुका गाउ आइज भनेर गफ गर्नुपरो ,,सोझो ,नरम लजालु भएको ले बिहे को कुरा गर्दा सरम मान्दै हुन्छ भनेको थियो ठुले ले ,,बिहा गरेर बुहारी नि ल्याइओ ,,केहि समय गाउ मा नै बसे पनि पछि ठुले संगै बुहारी सहारा संगै गए ,,खोइ के भएको हाम्रो ठुले बिहा गरे देखि नै टाडा -टाडा हुदै गएको छ ,स्वास्नी नि संगै लगो पैसो नि पठाउदैन..यति दुख गरेर हुर्कायौ ,पधायौ अहिले के भएको ह ? म अनु -उत्तरित छु ठुले को छोरा जन्मेको छ ,,साने नि घर आएर अब म बिहा गर्छु भन्दै छ ,,केटि खोज्नु पर्दैन जात मिलेकी एउटि केटि साथी छ ,,भन्दै छ ,,ह्या जात भात छाडदे असल ,बुजेकी हुनु पर्छ एक पल्ट भेटाइ न त | छोरी कान्छी लाई नि अघिल्लो महिना उतै सहारा जागिर भएको लाई बुझाइओ ,,यो साने कति निडर, घमण्डी हो सिधै बाउ आमा संग आएर बिहे पो गर्छु भन्छ बा ,,जमाना नि कस्ता आए नि हरे शिब ,,हेराइ चराई गर्नु परो नाम मिल्छ कि मिल्दैन ठुले कि आमा गन्थन मन्थन गर्दै थि ……छाडदे ठुले कि आमा हेराइ चराई गरेर ल्याएकी ठुले कि स्वास्नी को चाल देखि हालिस क्यारे ,,तेसैले आफुले मन पराए कि बिहा गर्छु भन्छ ,,यो साने फेरी हुन्न भनो भने रिस को पारो नै छ तेरो छोरो | मास्टर बाउ का छोरा को बिहा भोज खाने भनेर गाउले रमाउदै छन् यो साने को बिहा त धुमधाम गर्नु पर्छ है ,,अ मास्टर बाउ सुन्नु न हाम्रो ठुले को छोरा नि स्कूल जाने भएछ ,,फोन मा बोलेको दशैँ मा आउछु भन्दै थ्यो | छोरा बुहारी भन्दा नाती नातिना को बडी माया लाग्न थालेको छ ,,पछि बुझ्ने भय पछि त यतै आहिहाल्छ नि जग्गा जमिन यतै छ ,,अहिले बजारा कमाई गरेका छन् भैगो चिन्ता नली ,,,भनेको मान्दैनन् होइन यो ठुले ले स्वाशनी भए पछि बाउ आमा नै बिर्सिएको कि के हो उतै ससुराली तिर पो जग्गा किन्छु भन्दैछ ,,यता साने नि बाउ बन्दैछरे ,,साने कि स्वशनी सहर मा बसेकी भएनी फोन गर्छे खोइ कस्ती छ भोग्न त पाइएको छैन बोलि त अति मिठास छ यो साने ले बरु आफ्नो लाइन लिदै गयो यसो पैसो सैसो नि पठाउछ ,,फोन गरेको थियो सहर मा घर बनायर लिन आउछु भनेको छ तर मलाई गाउ छाडेर जानु मन छैन ,,यहाँ सबैको हाई-हाई भइएको छ ,,अब सहर मा गए पछि मलाई कसले चिन्छ र ?

फेरी ठुले कि आमा चर्को आवाज गर्छे ,,होइन मास्टर बाउ तपाई लाई कति दुख गर्न मन लाएको छोरा ले बोलायो त उतै जाने नि अब कति पो बचिएला र? गाउ सेवा गर्दा गर्दै कपाल फुली सक्यो | सोची राखेको छु सबै गाउ छाडेर सहर तिर बसाई सरे पछि यति धेरै दुख गरियो बाटो घाटो ,मठ मन्दिर पाटि पौवा ,बिधालय यो सब के का लागि गाउमा सफा हावा –पानि फेरी यत्रो गाउमा घर नि सानेको जागिर को भर छैन खोइ के हो के कहिले सम्मको हो यत्रो जना गएर बस्दा उसलाई कति भार पर्छ |फेरी ठुलेकी आमा कराई कुन्नि सानेको छोरो नजन्मदै बोलाएको सानेको छोरी नि स्कुल जानी बेलाकी भइ ,,तपाई लाई के हो कुन्नि …..

,,हो त सोचेको छु अबत काम गर्न सकिन्न क्या ठुलेकी आमा उतै गयर आराम गर्नुपर्ला साने नि अहिले खुब बुझका कुरा गर्छ ,,गाउ विकास गर्न देखि गाउमा नि बस्नु पर्छ पछि जागिर बाट निस्के पछि …यस्तै यस्तै कुराले मेरो चित्त बुझेको छ,ठुले नि खोइ के कुराको प्रवाबपर्यो अहिले त साने संग बोलचाल गर्छ रे आई जाइ गर्छ अरे ,,बाउ आमा लाई सहर मा ल्याऊ भन्छ अरे बुद्धि फिरे छ कि कुन्नि आफ्ना छोरा छोरी को माया जस्तै गरेर हुर्कायाको भन्ने लाग्यो कि बल्ल बुद्धि पलायछ,,,,,यता गाउले हरु मास्टर बाउ सहर मा जाने भनेर चिन्ता मान्दै छन् ,,मैले केहि समय औषधो उपचार गरेर फर्कन्छु भनेको छु ….गाउ बसाई सराइ ले गाउ सुन्य भैसक्यो ,माथि को जेठा को छोरो नि पहिले त गाउ मा नै बस्ने भन्दै थ्यो जब सुब्द्दारहो कि के जाति भय पछि उतै गयो,पारि काइलाका सन्तान नि सबै मदेश तिर गए, त्यो डाडो नि खाली भयो ,ठुला घरे लाहुरे नि अब गाउ नआउने अरे ,,,होइन सबै लाई राम्रै भैदिए हुन्थयो पछि गाउ फिर्नुपर्दैन क्या बजिया हरु लाई ,,यसपाला दसैँ मा सबै लाई नसम्झाई भएन ,अहिले बल हुन्जेल त कमाएर खालान बुडेश काल लाए पछि खोइ के गर्ने हुन् ,,५० औ बसन्त पार गरिएछ ओहो कति छिटो बितेको ,,हुन त उहिले बाट बिधालय मा जागिरे भएको अहिले त मैले पढाएको बिधार्थी नि कति माथि पुगी सके | भोलि बिहान गाउ मा घुम्ती स्वास्थ्य सिविर आउने रे मै नगई गाउले आउदैनन अब त सुत्नु पर्छ क्या ,,हरि सरधम , अ ठुले कि आमा बिहान १ कप तातो चिया बनाउनु चिसो छ खाएर जानु पर्ला | केहि बेर ढल्केको मात्र के थिय बाहिर बाट आवाज आयो मास्टर बाउ –मास्टर बाउ तल गैरे कान्छा बा लाई सन्चो भएन जानुपरो | हतार हतार गए झाडापखाला लागेको रैछ औसधि बनाएर खुलाएर आएको | खोइ आज त निद्रा नि पुग्दैन क्या | २ घण्टा भएनी सुत्नु परो …बिहान मोबाइल मा उठ्ने समय को घन्टी बज्यो | आखा मिच्दै घन्टी बन्द गरे | चर्को स्वर मा *ए ठुले कि आमा ल तातो पानि बना त म गाउ तिर जना अबेर भयो | केहि आवाज आउदैन यता उता हेरे सुनसान छ |

ओहो डिउटी जाने बेला पो भएछ अघि त डिउटी जाने बेला भएर पो मोबाइल मा घन्टी बजेको रहिछ | कस्तो खाल को सपना देखेको होला ..हतार-हतार डिउटी कपडा लगाए र घर बुवा आमा लाई फोन गरे सबै ठिकै छ भन्नु भयो अनि डिउटी गए | तर आज देखेको सपना ले मलाई केहि सोच्न बाध्य बनाएको छ | किन यस्तो सपना देखेको होला | कतै बाउ आमा को चित्त त दुखाईन् | हे भगवान कस्तो सपना हो यो | सोची रहेको थिए आखा बाट २ थोपा आशु तप्प खसे पछि झस्किए | ए म किन यति भाबुक भएको होला मैले छोरा छोरी स्वशनी बाउ आमा सबै लाई समान राम्रै गरेको छु ….जिन्दकी मा बाउ आमा ले हाम्रो लागि कति गर्नु भएछ आजको सपना ले मलाई बाउ आमा प्रति झन् माया बढेर आएको छ ,,मेरा नि छोरा छोरी छन् ,मलाई नि बुढेसकाल आउछ | मैले बाउ आमा लाई माया गरे पो छोरा छोरी ले मलाई माया गर्लान यस्तै-यस्तै ,सकरात्मत सोच बढेको छ | आफु लाई मास्टर बाउ ,ठुले ,साने को ठाउँ मा राखेर फेरी एक पल्ट सपना लाई केलाउदै डिउटी गरि राखेको थिए,,,,कसै संग बोल्न मन लागेको छैन | आज मलाई मन मा के के सोचाई आई राखेको छ | बुवा आमा ले मेरै बाटो हेर्दै हुनु हुन्छ होला खोइ यहाँ बिदा पाईदैन | यस्तै –यस्तै….. (घर को याद मा फोटा हेरर बस्नु सिवाए केहि उपाय छैन ) | पछाडी बाट आवाज आयो ल बधाई छ इसु तिमि लाई कम्पनी ले छुटी दिने भएको रैछ | मन फुरुङ्ग भयो यसपाला चाई बाउ आमा को हात को दसैँ को टिका लगाउन पाउने भयो | आजै घर फोन गरेर भन्नु परो आमा बुबा म घर आउने खबर ले कति खुसि हुन्नुन्छ होला |

नोट : सकरात्मक सोचौ कतै बैस र पैसा को मात मा आफ्नो गाउ अनि प्राण प्यारो बाउ आमा लाई भुलेको त छैनौ ?

इसु के.सी .
स्याङ्गजा (हल;दक्षिण कोरिया )

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.